पतिलाई कोरोना लागेपछि क्‍वारेन्टाइनबाट भागिन् पत्‍नी !

१ चैत, नयाँदिल्ली :भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी पत्नी त्यहाँबाट भागेकी छन् ।शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ ।क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछि सरकारले उनको खोजी गरेको थियो ।

बेंग्लुरुबाट उनी जहाजबाटै दिल्ली र रेलबाट आग्रा पुगेको बताइएको छ ।साथै उनले अभिभावकसँग होली समेत मनाएको भेटिएको हो ।२५ वर्षीया ती महिलालाई सरोजिनी नैदु मेडिकल कलेजस्थित आइसोलेसन वार्डमा लगी परीक्षण गरिएको छ ।तर परीक्षणको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

साथै रेलवे अधिकारीहरुले उनका बावु र बहिनीहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन् ।गुगलका कर्मचारी रहेका उनका पति र ती महिला हालै इटलीबाट हनिमुन मनाएर फर्किएका थिए ।उनका पतिलाई कोरोना संक्रमण पुष्टि भएपछि बेंग्लुरु अस्पतालमा लगिएको छ ।

श्रीमानलाई पनि संक्रमण देखिएको थाहा पाएपछि ती महिला क्वारेन्टाइनबाटै भागेकी हुन् ।भारतमा ८० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।तिमध्ये दुईजनाको मृ-त्यु भइसकेको छ ।दिल्लीमा एक ६८ वर्षीया महिला र उत्तर कर्नटकामा ७६ वर्षीय पुरुषको कोरोनाबाट मृ-त्यु भएको हो ।चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका अधिकांश देशमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *