कोरोनाको त्रा’स : १४ दिनसम्म सार्वजनिक विदा दिने घोषणा

एजेन्सी । कोरोना भाइरसको त्रा’स अ,त्या,धि,क बढेको छ । विश्वभरी फैलिएको कोरोना भाइरसबाट ५ हजार भन्दा बढीको मृ,,त्यु भइसकेको छ । बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकहरु पनि कोरोना भाईरसले त्रसित छन् । सोही क्रममा गल्फ अरेबियाली देश कुवेतमा कामदार सहित सबै नागरिकलाई लागू हुने गरी १४ दिन अर्थात दुई हप्ताको सार्वजनिक विदा दिने घोषणा गरेको छ । कुवेतले गल्फ अरेबियाली राज्यहरुबाट उडान भर्ने सबै सार्वजनिक उडानहरुलाई रद्द गरेको छ । शुक्रबारदेखि लागू हुने गरी १४ दिनको सार्वजनिक छु्ट्टी त्यहाँको सरकारले घोषणा गरेको हो ।

समाचार एजेन्सी कुनाका अनुसार, कुवेतबाट उडान भर्ने कमर्सियल जहाजहरुको उडान रोक लगाएको छ भने कार्गो उडानहरु मात्र अर्को सूचना जारी नभएसम्म रोकिएको जनाइएको छ । कुवेतका सरकारी अधिकारीहरुले मार्च १२ अर्थात आज (विहिबार) देखि मार्च २६ सम्म सार्वजनिक छु्’ट्टीको घो’षणा गरेको हो । विभिन्न देशबाट वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नागरिकहरुलाई समेत गरी सार्वजनिक विदा दिएको हो । मार्च २७ तारिखदेखि पुनः विधिवत रुपमा कार्य सन्चालन हुने जनाइएको छ ।

तबसम्मको लागि कुवेतमा अत्यधिक आवश्यक अर्थात महत्वपूर्ण सेवा प्रदायक सँस्थाहरु बाहेक सबै ब,न्द रहने जनाइएको छ । कोरोना भाईरसको मा हामा’रीलाई मध्यनजर गर्दै त्यहाँको सरकारले यो कदम उठाएको हो । त्यहाँका अधिकारीहरुले कोरोना भाईरसको महा मा’रीलाई मध्यनजर गर्दै मानिसहरूलाई भोजनालय र क्याफेमा जान प्रतिबन्ध लगाइएको थियो जसमा भित्रका मलहरू पनि थिए।

इरानमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो । यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । तीमध्ये तीन हजार ५२९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ ।

मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्ति पनि कोरोनाको स,ङ्क्र,मण देखिएको छ । इजरायलमा १४३ जनाका सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ । कुवेतमा कूल १०० जना बिरामी भएका छन् । लेवनानमा थप छसहित कूल ७७ बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित छन्, तर थोरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *