१७ वर्ष देखि शाररिक र मानसिक हिँसा भोगे अब सग्दीन भन्दै, पूर्व मिस नेपाल उषा खड्गीले गरिन डिभोर्स

काठमाडौ । पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो वैवाहिक जीवन कानूनी रुपमा अन्त्य गरेकी छिन् । उषा खड्गी र जीपी तिमिल्सिनाले आधिकारिक रुपमा डिभोर्स गरेको कुरा उषाले फेसबुक मार्फत उल्लेख गरेकी छिन ।

केहि महिना अघि उषा र जीपीको डिभोर्सबारे समाचार बने पश्चात उषाले आफै नै फेसबुक मार्फत यो हल्ला झुटो भएको भनेकी थिईन । अहिले आएर उषाले आफै नै डिभोर्स भएको र आफु बिगत १७ वर्ष देखि हिँ’साको शिकार भएका कारण यो निर्णय लिएको जनाएकी छिन् । उषाले फेसबुक मार्फत आफु १७ वर्षको विवाह बन्धनलाई अन्त्य गर्न जरुरी भएकाले गरेको जनाएकी छिन् ।

उषा खड्गीले आफुले श्रीमानबाट शाररिक र मानसिक हिँसा निरन्तर भोग्दै आएको र अब यो सहन नसकिने भएकाले गर्दा यो निर्णयमा पुगेको बताएकी छिन । उषा र जीपीको प्रेम विवाह भएको थियो भने यी दुईको दुई सन्तान छन् । उषाले आफ्नो पिडा पोख्दै रोएको भिडियो समेत सेयर गरेकी छिन् ।

उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक या’तना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ ।’ उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ उनले यो स्टेटससँगै आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गरेकी छिन् । यस्तो छ उनको स्पष्टीकरण ।

एउटा क्लिपमा उनी रोइरहेको पनि देख्न सकिन्छ । उषाको यो स्टेटसमा थुप्रैले समर्थन गर्नुका साथै चिन्ता व्यक्त गरेका छन् । यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए । उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो । सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् । तल हेर्नुहोस उनले सम्बन्ध तोड्नुको कारण खुलाएकी छन्

After 17 year of marriage if i have to tolerate physical and mental abuse than there is no base to continue….Now I…

Posted by Usha Khadgi on Saturday, March 14, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *