विश्वभर कोरोनले बितण्डा मच्चाइरहेका बेला यो देशका बैज्ञानिकले पत्ता लगाए यस्ताे औषधि, सबै दंग

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट विश्व आक्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुको एक समूहले भने कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् । चिकित्सकहरुको (वैज्ञानिक) समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा परीक्षण गर्न बाँकी नै रहेको छ।

इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ । उनीहरुले कोरोना भाइरस(कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै त्यसलाई कोरोना परिवारको भाइरसको रुपमा अर्थ्याएका छन् ।

अहिले विश्वभर देखिएको महामारीको जिम्मेवार कोराना परिवारबाटै उत्पत्ति भएको भाइरस रहेको दाबी समेत वैज्ञानिकहरुले गरेका छन् । अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स महामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मुल पार्ने औषधि बनाउनका लागि समेत काम गरिसकेको बताइएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्ने विषयमा आवश्यक रणनीति बनाउन सार्क राष्ट्रले आज भिडियो सम्मेलन गर्ने भएका छन् । कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्न लागेका हुन् ।

सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो । जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नेछन् । भिडियो कन्फ्रेन्समा कोरोना भाइरसविरुद्धको लडाइमा सार्क राष्ट्रहरुले ऐक्यवद्धता जनाउने छन् ।

सार्क राष्ट्रमा कोरोना भाइरस संक्रमणको अवस्था के छ ?
अफगानिस्तानमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११ रहेको छ । सात जना पुराना भए पनि ४ जना नयाँ संक्रमित थपिएका हुन् । बगलादेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हालसम्म ५ जना रहेको छ । जसमध्ये २ जना संक्रमित उपचारपछि निको भएका छन् भने तीन जना उपचाररत छन् ।

त्यस्तै भुटानमा कोरोना भाइरसबा६ संक्रमितको संख्या १ रहेको छ । उनी उपचाररत छन् । उता भारतमा १ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा १८ जना नयाँ संक्रमित रहेको जनाइएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाइसकेका छन् भने १० जन उपचारपछि घर फर्किएका छन् । ८८ जना भने उपचाररत रहेका छन् ।

माल्दिभ्समा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० जना संक्रमित रहेका छन् । जुसमा १ जना नयाँ विरामी थपिएका हुन् । १० जना नै उपचाररत छन् ।नेपालमा हालसम्म १ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखा परेको छ । संक्रमित उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

श्रीलंकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जना संक्रमित भएका छन् । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य ९ जना उपचाररत रहेका छन् । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३१ जना संक्रमित भएका छन् । जसमा २ जना उपचारपछि घर फर्किएका छन् भने २९ जना उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा सार्क राष्ट्रहरुमा कुनै नयाँ संक्रमित देखिएको नभए पनि संक्रमणको खतरा उच्च रहेको भन्दै सबै राष्ट्रले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । सार्क राष्ट्रमा कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी भारतमा परेको छ भने त्यसपछि पाकिस्तान प्रभावित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *