कोरोना विरुद्धको लडाईमा नेपालको ऐतिहासिक सफलता, अमेरिका–चीनले गर्न नसकेको काम गर्यो

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस सँगको ल,डा,ई,मा नेपाल विजयी भएको छ । विश्वमा १५२ देहरुमा १ लाख ५६ हजार भन्दा धेरैमा संक्रमित भएर ५ हजार ८ सय भन्दा धेरैको ज्यान लिएको भाइरससँगको लडाईमा नेपालले जितेको हो । नेपालमा एकजना कोरोना संक्रमित रहेका थिए जो निको भएर फर्केका छन् । सरकारको सर्तकता र सर्वसाधारणको सावधानिका कारण नेपालमा नयाँ कोरोना संक्रमितहरु देखिएका छैनन् ।

सार्क देशहरुमा नेपाल पहिलो देश बन्यो जो कोरोनामुक्त भएको छ । सार्क देशहरुमा अहिलेसम्मको जानकारी अनुसार भारतमा १०० जना संक्रमित हुँदा २ जनाले ज्यान गुमाएका छन भने १० जना निको भएका छन् । पाकिस्तानमा ३३ जना संक्रमित हुँदा २ जना निको भएर फर्के भने ३१ जनाको उपचार जारी रहेको छ ।

अफगानस्तानमा अहिलेसम्म ११ जना संक्रमित देखिएका छन्, जस्को उपचार जारी रहेको छ । बंगलादेशमा ५ जना संक्रमित हुँदा २ जना ठिक भएर गएका छन भने ३ जनाको उपचार भइरहेको छ । सार्कको अर्को देश माल्दिभ्समा १० जनाको उपचार जारी रहेको छ । भुटानमा १ जना संक्रमित भएका थिए जस्को उपचार चलिरहेको छ ।

श्रीलंकामा १० जना संक्रमित हुँदा ९ जनाको उपचार भइरहेको एकजना निको भएर फर्केका छन् । नेपालले विश्वमा शक्ति राष्ट्रहरुले गर्न नसकेको महान कार्य गरेर देखाएको छ । चीन, अमेरिका लगायत शक्ति राष्ट्रहरुले गर्न नसकेको काम नेपालले गरेर देखाएको छ । चीनमा जम्मा ८० हजार ८४४ जना संक्रमित हुँदा ३ हजार १९९ जनाले ज्यान गुमाउनु परेको छ ।

चीनले ६६ हजार ९१३ जनालाई निको पारेर घर फर्काएको छ भने बाँकी १० हजार ७३२ जनाको उपचार जारी रहेको छ । अमेरिकामा अहिलेसम्मको जानकारी अनुसार ६० जनाले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितहरुको संख्या ३ हजार नजिक रहेको छ, जस्मा ५६ जना ठिक भएर गएका छन् । इटाली, इरान लगायत युरोपका देशहरुमा कोरोनको महामारी डरलाग्दो भएको छ ।

इटलीमा २१ हजार १५७ जना संक्रमित हुँदा १ हजार ४४१ जनाले ज्यान गुमाएका छन् । यहाँ १७ हजार ७५० जना अस्पतालमा उपचार गराइरहँदा १ हजार ९६६ जना निको भएका छन् । इरानमा जम्मा १२ हजार ७९ जना संक्रमित हुँदा ज्यान गुमाउनेहरुको संख्या ६११ रहेको छ । अहिलेसम्म इरानमा ४ हजार ३३९ जना निको भएका छन् । दक्षिण कोरियामा ८ हजार १६२ जना संक्रमित हुँदा ७५ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा अहिलेसम्म ८३४ जना निको भएर फर्केका छन् ।

One thought on “कोरोना विरुद्धको लडाईमा नेपालको ऐतिहासिक सफलता, अमेरिका–चीनले गर्न नसकेको काम गर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *