ट्रम्प नै कोरोना संक्रमित भएको हल्ला चलेपछि डाक्टरले गरिदिए फेरी यस्तो खुलासा, विश्वभर हलचल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमित व्यक्तिसंग हात मिलाएर ट्रम्पलाइ नै कोरोना सं,क्र,मि,त भएको हल्ला चलेपछि चिकित्सकहरुले उक्त कुरामा कुनै पनि सत्यता नभएको स्पष्ट पारेका छन् । डाक्टरहरुले भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ भाइरसको सं,क्र,म,ण देखिएको छैन। केही समय पहिला ट्रम्पले भेटेका मानिसहरूमा कोरोना भाइरस देखिएकाले उनले शुक्रबार आफूलाई कोरोना भाइरस भए नभएको परीक्षण गराएका थिए।

ह्वाइट हाउसका चिकित्सकहरूले उक्त परीक्षणले ट्रम्पलाई उक्त भाइरसको संक्रमण नदेखिएको बताएका छन्। संक्रमित र मृतकको संख्या बढ्न थालेपछि ट्रम्प प्रशासनले बेलायत र आयरल्याण्डबाट अमेरिका आउने व्यवसायिक उडान पनि बन्द गरिदिएको छ। युरोपका अन्य मुलुकहरूको उडान यसअघि नै बन्द गरिएको छ।

कोरोनाको महामारी रोक्न ट्रम्प प्रशासन आन्तरिक यात्रामा पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। यसैबीच अमेरिकामा २ हजार २ सय २६ जनालाई कोरोना भाइरस देखिएको छ भने ४९ जनाको ज्यान गएको छ। ट्रम्पले मार्च १५ गतेलाई राष्ट्रिय प्रार्थना दिनको रूपमा मनाउने घोषणा गरेका छन्।यस्तै कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन ।

यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६ जनाको मृ,,त्यु हुँदा बाँकी ३ सय ९६ जनाको भने चीनबाहिर मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमण उच्च भएपछि युरोपेली सङ्घका दुई ठूला मुलुक स्पेन र फ्रान्सले पनि आपतकालीन प्रतिबन्ध लगाएका छन् ।

इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाएका हुन् । स्पेनमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्न बाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ । स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १ सय ९६ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय जनामा संक्रमण भएको छ ।

यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भएको छ भने ४४ सय भन्दा बढी संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् । युरोपको सबैभन्दा बढी प्रभावित देश इटालीमा सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु हुनेछ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १४ सय ४१ जनाको मृत्यु भएको छ भने २१ हजार भन्दा बढी संक्रमित भएका छन् ।

सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर पुगेको छ । त्यहाँ थप १० जनाको मृ,,त्यु हुँदा ज्यान गुमाउनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि सबै क्षेत्रसँग सहयोगको अपिल गरेका छन् ।

अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाइएको थियो । बेलायत र रिपब्लिक अफ आयरल्याण्डमाथिको यात्रा प्रतिबन्ध आउँदो मंगलबारदेखि सुरु हुनेछ ।अमेरिकी उपराष्ट्रपति माइक पेन्सका अनुसार यसअघि यात्रामा प्रतिबन्ध गरिएको भनिएका २६ देशमा अब बेलायत र आयरल्याण्डको नाम पनि थपिएको छ । सबै अमेरिकीलाई कोरोना भाइरसको निशूल्क परीक्षणको व्यवस्था गरिएको समेत उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *