कोरोना पुष्टीभएपछिकाे सबै उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।स्वास्थ्यमन्त्री ढकालले आईतबार बसेकाे राष्ट्रिय सभाको बैठकमा काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न स्वास्थ्यमन्त्री बताएका हुन् ।

उनले यो स्वास्थ्य मन्त्रालयको मात्र नभएर समग्र नेपाल सरकारको निर्णय भएको बताएका छन् । कोरोना देखिहाले उपचार खर्च कसले बेहोर्छ भन्ने धेरै जनाको चाँसोको विषय थियाे ।सरकारले तोकेको अस्पतालमा बिरामीले उपचार गर्न चाहेको अवस्थामा सबै खर्च सरकारले बेहोर्न स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी गणेश श्रीभास्तभले बताएका छन् । उनी भन्छन्, ‘सरकारले तोकेका बाहेका अन्य स्वास्थ्य संस्थामा गरिएको उपचार खर्च भने सरकारले बेर्होेदैन । ’

बैठकमा बोल्दै मन्त्री ढकालले देशभरमा २ सय ३५ शैया आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको छ।कोरोनाले विश्वबजारमा पारेको प्रभावले मानिसहरु त्रसित छन् । विश्व स्वास्थ्य संगठनले यसलाई गतसाता महामारी घोषण गरिसकेको छ ।नेपालमा भने हालसम्म १ जनामा कोरोना देखिएर निको भईसकेपछि दोस्रो व्यक्तिमा कोरोना देखिएको छैन ।

नेपालीहरुमा कोरोनाकाे त्रास बढ्दो छ । सरकारको तयारीमा मानिसहरु विश्वास गर्न सकिरहेका छैनन तर सरकार कोरोना विरुद्धका शुक्रबार आफ्नो रणनितिहरु भने प्रस्तुत गरिसकेको छ ।संसारभर यस महामारीबाट जम्मा १ लाख ५६ हजार ८ सय ८० जना संक्रमित भईसकेका छन् । यस्तै ५ हजार ८ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ७५ हजार ९ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *