आँचलको बिहे पार्टी छल्न पल र पूजाको मुक्तिनाथ यात्रा ! (भिडियो)

काठमाडौँ । नायिका आँचल शर्मा र नायक पल शाहलाई नाई नभन्नु ल, शत्रुगते, जोनी जेन्टलमेनमा, दाल भात तरकारीमा एकै साथ पर्दामा देखेका धेरै दर्शकले वास्तविक जीवनमा पनि एकैसाथ देख्न खोजेको चर्चा लामो समय चल्यो ।

उनीहरुले कैर्यौँ अन्तरवार्ता एकसाथ दिँदा उनीहरु प्रेममा रहेको आभाष गर्थे दर्शकले तर एकाएक आँचलले आँफु पलसँग प्रेममा नरहेको प्रमाणित गर्दै पेशाले चिकित्सक रहेका प्रेमी उदिपसँग प्रेम विबाह गरिन् ।

आँचलका नजिकका साथी भनिएका पल ब्यस्तताका कारण आँचलको विबाहमा जान नसकेका हुन् वा उनको मनले नै चाहेन त्यो पललाई मात्रै थाहा होला । आँचलको विबाहको समय पारेर पल मुक्तिनाथ यात्रामा निस्किएका छन् । जुन कुरा पलले चरण चरणमा लाइभ गरेको देख्न सकिन्छ । हेर्नुहोस् भिडियो..

Leave a Reply

Your email address will not be published. Required fields are marked *