लण्डनमा नवजात शिशुमा देखियो कोरोनाको सं’क्रमण !

एजेन्सी, २ चैत । लण्डनमा भर्खरै जन्मिएको बच्चामा पनि कोरोना भाइरसको सं’क्रमण देखिएको छ । कोरोना सं’क्रमण भएकी आमाले जन्म दिएपछि उक्त बच्चामा पनि सं’क्रमण देखिएको बताइएको छ ।

उक्त बच्चाकी आमा केही दिन अघि निमोनियाको आशंकामा अस्पताल भर्ना भएकी थिइन् । तर, जब उनले बच्चालाई जन्म दिइन् तब मात्र आमा र बच्चा दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ ।

आमा र बच्चाको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बच्चाको लण्डनस्थित नर्थ मिडलसेक्स अस्पतालमा उपचार भइरहेको छ भने आमाको स्पेसियालिस्ट इन्फेक्सन अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार उक्त बच्चाको उपचार भइरहेको र उनी खतरामुक्त भइसकेका छन् । बच्चालाई रुघा र खोकी लागेको पाइएपछि जन्मिएको केही मिनेटमै कोरोना सं’क्रमणको जाँच गरिएको थियो । जसबाट उनमा सं’क्रमण भएको पुष्टि भएको हो । विश्वमै कम उमेरमा कोरोना सं’क्रमण हुने उनी पहिलो हुन् ।

यो पनि कोरोनाको आ’शंका गरिएका झापाका एक व्यक्तिलाई ग्रान्डी अस्पताल रेफर गरियो

झापा, २ चैत । कोरोना भाइरस सङ्क्रमणको आ’शङ्का गरिएका झापाका एक व्यक्तिलाई उपचारका लागि आज काठमाडौँकाे ग्राण्डी हस्पिटल लगिएको छ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आ’शङ्का गरिएको हो ।उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेपछि ग्राण्डी हस्पिटल ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *