भर्खरै नेपालमा ठुलो ५.० रेक्टर स्केलको ठुलो भुकम्पको धक्का सबै नेपाली लाइ सचेत रहन आग्रह

पोखरा, ०२ चैत । कास्कीको लुम्लेलाई केन्द्र बनाएर आइतबार साँझ ५.० रेक्टर स्केलको भुकम्प गएको छ ।

यो पनि कोरोना भाइरस : नेपाल – भारत सीमानाकामा कम आवतजावत

नेपालगन्ज, ०२ चैत । नेपाल भारत सीमानाकामा कम आवतजावत हुन थालेको छ । कोरोना भाइरसका कारण भारतमा नेपाल भारत सीमानाका जमुनाहामा नेपाली तथा भारतीय नागरिकहरुको आवतजावत कम हुन थालेको हो ।नेपाल भारत सीमानाकाका चार वटा सीमानाकाबाट तेश्रो मुलुकका नागरिकलाई भारतले आवतजावतमा रोक लगाएको छ । नेपालका ४ वटा नाका मात्र खुल्ला गरिने गरी अन्य नाकाबाट तेश्रो मुलुकका नागरिकलाई पूर्ण रुपमा आवतजावतमा रोक लगाइएको एक सुरक्षा अधिकारीले जानकारी दिनुभएको छ ।

सीमानाकामा दैनिक हजारौको संख्यामा आवतजावत गरिने नागरिकको संख्या अहिले ह्वात्तै घटेको जमुनाहा इलाका प्रहरी कार्यालयका इन्न्चार्ज माधव प्रसाद रिजालले बताउनुभयो । विशेष काम बाहेक अन्य नागरिक भारतको रुपैडिहा बजारमा किनमेलका लागि पनि जान छोडेको उहाँले बताउनुभएको हो ।

अहिले दैनिक १५ सयदेखि २ हजारसम्म नागरिक नेपाल भारत आवतजावत गर्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । कोरोना भाइरसका कारण नेपाल भारत दैनिक उपभोग्यवस्तु किनमेलका लागि जाने नागरिकहरुको पनि आवतजावत ५० प्रतिशत घटेको जनाइएको छ ।नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहकार्यमा नेपालगञ्ज भन्सार नाकामा राखिएको हेल्प डेस्कमा भारतबाट आउने नागरिकको चेकजाँच गराउनमा सघाउँदै आएको बताइएको छ ।

यस्तै नेपाल र भारत सीमानाका जमुनाह नाकामा राखिएको कोरोना भाइरस हेल्थ डेस्कको चेकजाँच फितलो देखिएको छ । भारत भएर नेपाल प्रवेश गर्ने व्यक्तिहरुको चेकजाँच भद्रगोल छ ।जमुनाह नाकामा सवारी तथा पैदल यात्रुहरुलाई आवत जावत गर्नका लागि सडकमा तीन वटा लेन बनाइएको छ । जसमध्ये पूर्वतिरको लेन नेपालतर्फबाट भारत जाने यात्रु तथा सवारी साधनको लागि छुट्याइएको छ । बीचको लेन र पश्चिमतर्फको लेन गरी दुईटा लेनबाट भारततर्फबाट नेपाल प्रवेश गर्ने यात्रु र सवारी साधनको लागि छुट्टयाइएको छ ।

भारत तर्फको बोर्डर बिहान ६ बजे र नेपालको बिहान ७ बजे खुलेर राती १० बजे बन्द हुने जमुनाह प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रिजाल बताउँनुहुन्छ । हेल्थ डेस्कका स्वास्थ्यकर्मीले भने बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र त्यहाँ बसेर चेकजाँच गर्ने गरेका छन् । बेलुका ७ बजेपछि १० बजेसम्म नेपाल भित्रिने यात्रुहरु चेकजाँचबाट बञ्चित भएका छन् ।उपमहानगरपालिका स्वास्थ्य शाखाले भारत तथा भारत भएर नेपाल भित्रिने तेश्रो मुलुकका यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यले बिगत केही दिनदेखि जमुनाह नाका र नेपालगन्ज एयरपोर्टमा हेल्थ डेस्कको स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *