पोर्चुगलमा काम गर्ने एक नेपालीलाई कोरोना भाइरस भएको पुष्टी

काठमाडौँ । पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भाइरस भएको पुष्टी भएको ।पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपालीलाई कोरोना संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम, उमेरको बारेमा भने पूर्ण जानकारी गोप्य नै राखिने त्याहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । आइतबार मात्रै थप ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

सोमबार बिहानसम्म पोर्चुगलमा २ सय ४५ जना संक्रमित भएका छन् । जसमध्ये आइतबार मात्रै ७६ जना नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ९ जनाको गम्भीर अवस्थामा उपचार भइरेको छ।विश्वका १५७ देशमा देखिएको कोरोना संक्रमणबाट ६ हजार ५ सय १६ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ६९ हजार ५ सय ५६ जना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *