६ ट्रक मास्क भेटियो, केहीबेरमा सार्वजनिक गरिँदै

काठमान्डौ ,अवैध रूपमा भण्डारण गरेर राखेको ६ ट्रक मास्क काठमाडौंको सतंगलबाट प्रहरीले फेला पारेको छ । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको हो । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।सतुंगलमा फेला पारेको मास्क प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा

प्रहरीको उपस्थितिमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने केही खुलेको छैन ।बजारमा भने मास्क को अभाब देखिएको छ ।पछिल्लो समयमा बजारमा मास्कको ब्यापक कालोबजारी भइरहेको छ ।यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

यो पनि यस्ता छन् सामान्य रुघाखोकी र कोरोनाभाइरसका लक्षणमा भिन्नता

काठमान्डौ , विश्वभर कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा र संक्रमित सतहबाट सर्ने गर्छन् ।कोरोनाभाइरस अचानक लाग्छ । लक्षणहरूमा ज्वरो, सुक्खा खोकी, मांसपेशीमा पीडा र थकान पर्छन् । संक्रमित केही व्यक्तिहरूलाई टाउको दुख्ने र खोक्दा रगत निस्कने पनि हुन्छ अनि कसैलाई त डायरिया पनि हुन्छ ।

कोभिड–१९ हुर्किने समय एकदेखि १४ दिन हुन्छ र कहिलेकाहीँ २४ दिनसम्म पनि पुग्छ । यो निको हुने प्रक्रिया चाहिँ एकदमै लामो छ । सामान्य कोरोना रहेछ भने दुई हप्तामा निको हुन्छ तर कडा कोरोना लागेछ भने निको हुन ६ हप्तासम्म लाग्न सक्छ ।यसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैनन् । लक्षणलाई मात्र उपचार गर्ने हो । मौसमी रुघाखोकीको कुरा गर्दा त्यसले कोरोनाभाइरसको झैं लक्षण देखाउँछ स् ज्वरो, सुक्खा खोकी, मांसपेशीको दुखाइ र थकान । अन्य लक्षण घाँटी खसखसाउने, नाक बग्ने र नाक थुनिने हुन् । यो हुर्किने समय एकदेखि चार दिन हो र निको हुन एक हप्ता लाग्छ । अलि कडा भएछ भने पूरै निको हुन दुई हप्ता लाग्न सक्छ ।

मौसमी रुघाखोकीको खोप र उपचार दुवै उपलब्ध छन् । सामान्य रुघाखोकी चाहिँ बिस्तारै प्रकट हुन्छ र एक हप्तासम्म बस्छ । लक्षणहरू नाक बग्नेरथुनिने, हाच्छ्युँ आउने र घाँटी खसखसाउने हुन् । हल्का ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने र थकान हुने पनि अन्य लक्षण हुन् । यसको हुर्किने समय दुईदेखि तीन दिन हो तर साह्रो परेमा १० दिनसम्म पनि जान सक्छ । यसको कुनै विशेष उपचार छैन यद्यपि लक्षण देखिएमा केही औषधिहरू उपलब्ध छन् । बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने नाक बन्द भएमा वा बगेमा र हाच्छ्यँ गरेमा कुनै व्यक्तिलाई कोरोनाभाइरस लागेको भन्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *