बेलायतमा कोरोनाभाइरस नियन्त्रणमा आउन १ वर्ष लाग्ने, ८० प्रतिशत जनता प्रभावित हुने

३ चैत्र २०७६, सोमबार काडमाडौं। बेलायतमा अर्को वर्षको बसन्त ऋतुसम्म कोरोनाभाइरसको संक्रमण र प्रभाव जारी रहने आशंका गरिएको छ । यदि यो अनुमान सही भएमा यहाँका ८० प्रतिशत नागरिक यसबाट प्रभावित हुनेछन् । यो डरलाग्दो जानकारी बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले सार्वजनिक गरेको हो । एनएचएसको बैठकमा भएको यो पूर्वानुमानको खुलासा द गार्डियनको रिपोर्टमा गरिएको छ ।यो बैठकमा एनएचएसका प्रमुखले महामारी नियन्त्रणमा आउन अझै १ वर्ष लाग्ने स्वीकार गरेका छन् ।

उनका अनुसार बेलायतमा रहेका कोरोनाभाइरसका स्ट्रेन धेरै शक्तिशाली भइसकेका छन् र यिनीहरुलाई रोक्न अझै १२ महिनाको समय लाग्नेछ । एनएचएसका अनुसार युके भित्र पर्ने सबै देशका प्रमुखहरुले यो कुरा स्वीकार गरेका छन् । बेलायतका मुख्य स्वास्थ्य सल्लाहकार प्रोफेसर क्रिस विटीले यो बैठकमा २०२१ को वसन्तसम्म बेलायतका हरेक ५ मध्ये ४ जनामा कोरोनाभाइरस संक्रमण हुने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *