पूर्वयुवराज पारस शाहले भने– सोनिकाले मसँग एक रुपैयाँ पनि लिएको छैन

काठमाडौं । पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायकाबारेमा विभिन्न टिकाटिप्पणी आइरहने गरेको छ । पूर्वयुवराज शाह पछिल्लो समय सोनिकासँग नजिकिएका थिए । यससँगै पूर्वयुवराज शाहसँग सोनिकाले पैसा लिएको चर्चा चल्ने गरेको छ । तर, यसलाई पूर्वयुवराज शाहले अस्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत फेसबुकमा स्टाटस लेखेका पूर्वयुवराज शाहले सोनिकाले एक रुपैयाँ पनि आफूसँग नलिएको स्पष्ट पारेका हुन् । सोनिका राम्री युवती रहेकी भन्दै उनले पैसा लिएकोभन्दै गसिप नबाउन आग्रह समेत गरेका छन् । सोनिकाको निमन्त्रणमा उनको कार्यक्रममा आफू जाने गरेको पारसको भनाइ छ ।

यो पनि मुसहर बस्ती निर्माणका लागि यादव दाजुभाइले गरे जग्गादान

गौशाला – महोत्तरीका गौशाला नगरपालिका–६ फुलकाहामा निर्माणाधीन मुसहर बस्तीका लागि जग्गा अपुग भएपछि स्थानीय एकै परिवारका चार दाजुभाइले जग्गादान गरेका छन ।प्रदेशसभा सदस्य भरतप्रसाद साहको संसदीय बजेटमार्फत फुलकाहामा निर्माण हुन लागेको मुसहर बस्तीका लागि सहयोगस्वरुप स्थानीयवासी लट्टु यादव, रामबाबु यादव, गगनदेव यादव र मदन यादवले सामूहिकरुपमा एक कट्ठा आठ धुर जग्गा दान गरेका हुन् ।

चार कट्ठा क्षेत्रफलमा यसै आर्थिक वर्षभित्र निर्माण हुने सो बस्तीका लागि जग्गा अपुग भएपछि प्रदेशसभा सदस्य साहको आग्रहले यादव दाजुभाइले जग्गादान गरेको विद्यार्थी नेता सूर्यनारायण साहले बताउनुभयो । सुकुम्वासीका रुपमा बसोबास गर्दै आएका ३७ घरपरिवारका लागि फुलकाहामा एकीकृत मुसहर बस्ती निर्माण हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *