‘डिभोर्स’को कारण बताउँदा उषा खड्गी यसरी भक्कानिइन्, श्रीमान माथि लगाइन् यस्तो आ’रोप (भिडियो हेर्नुस्)

काठमाडौं । प्रत्यक भ्यालेन्टाइनको समयमा सबैभन्दा बढी उदाहरणीय जोडी भनेर समाचार बनाइने जोडी हो पूर्व मिस नेपाल उषा खड्की र उनका पति जिपी तिमिल्सेना । उनीहरुको जोडीलाई सबैभन्दा उदाहरणीय अन्तरजार्तीय जोडी भनेर तारिफ गर्दै तस्बिर र समाचार बनाइने गरेका थिए । तर यो वर्षको भ्यालेन्टाइनमा भने यि जोडीको कथा ठिक उल्टो भयो । सन् २००० मा मिस नेपाल भएकी उषा खड्गीले आफ्ना पति जिपी तिमिल्सेनासंगको सम्बन्ध तोड्ने निर्णय गरेकी छन् । तर उनीहरुबीच कानुनी प्रकृया भने पुरा भइसकेको छैन ।

उषाले सामाजिक सञ्जालमा एक स्टाटस र सानो भिडियो क्लिप राखेर आफुले विवाहको सम्बन्ध तोड्न लागेको जनाएकी हुन् । त्यसपछि इमेज च्यानलसंगको अन्तरवार्तामा पनि उनले त्यो कुरा पुष्टि गरेकी छन् । उनिहरुको सम्बन्धमा करिब तीन वर्ष यता सम्बन्ध त्यती राम्रो नभएको बताइएको थियो । इमेज च्यानलमा दिएको अन्तरवार्तामा उनले जिपीसंग जिवनको १९ वर्ष विताएको र विवाह गरेर १७ वर्ष विताएको बताएकी छन् ।

उनले त्यो कुरा भन्दै जाँदा बोल्नै नसकेर भक्कानिन्छिन् । उनले आफु माथि शारिरीक र मानसिक या त ना दिने गरिएका कारण यो निर्णयमा पुगेको बताएकी छन् । उनले जिपी विरुद्ध घरेलु हिं सा को मु द्दा पनि दिएकी छन् । उनीहरुको दुई सन्तान छन् । छोरी अहिले १६ वर्षकी भएकी छन् भने छोरा ६ वर्षका मात्र छन् । उषाले अब आफु छोराछोरीको भविष्यका लागि ल ड्ने बताएकी छन् ।

उषा र जिपीले वैवाहिक सम्बन्ध टुग्ग्याउने निर्णय गरेको भएपनि प्रकृया भने पुरा नगरेको बताएकी छन् । उनले १७ वर्ष सम्म मानसिक र शारिरीक या त ना सहेर बसेको भएपनि अब भने त्यो नसहने बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा पनि त्यही लेखेकी थिइन् । तर अहिले त्यो स्टाटस र भिडियो भने हटाइसकिएको छ । यस सम्बन्धमा उनका श्रीमान जिपी तिमिल्सेनाले आफु यस विषयमा बोल्न नचाहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसका बारेमा उषालाई नै सोध्न र आफु त्यसवारेमा बोल्न नचाहेको बताएका छन् ।

उनीहरुको सम्बन्धमा केही वर्ष देखि नै खटपट भएको भए पनि त्यो कुरालाई दुवै जनाले इन्कार गर्दै आएका थिए । तर सामाजिक सञ्जालमा देखिएका उनीहरुको कृयाकलापले भने त्यसकै पुष्टि गर्छ । उनीहरुले दुई वर्ष यता दशैंमा संगै टिका पनि लगाएका छैनन् । छोराछोरीलाई पनि छुट्टा छुट्टै टिका लगाएको तस्बिर फेसवुकमा देखिन्छ । फेसवुकमा उषाले छोराछोरीको मात्र तस्बिर राख्ने गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *