हार्दिक श्रद्धान्जली ! खुकुरी प्र’हारबाट २३ वर्षीय फुटबल खेलाडी डाँगीको ह’त्या

३ चैत दाङ खुकुरी प्र’हारबाट गाउँपालिका अध्यक्षका छोराको ह’त्या भएको छ ।सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको खुकुरी प्र’हार गरी सोमबार ह’त्या गरिएको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्र’हार भएको प्रहरीले बताएको छ ।ज्यान गुमाएका फुटबल खेलाडी हिरा डाँगी ।तुलसीपुरका अमृत खडकालगायत ४-५ जना युवाको समूहले डाँगीमाथि सामान्य वि’वादमा खुकुरी प्र’हार गरी ग’म्भीर घा’इते बनाएको थियो ।

उपचारका क्रममा उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घा’इते डाँगीको तुलसीपुरमा प्रारम्भिक उपचारपछि राती नै थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौ पुर्‍याइएको थियो ।काठमाडौंमा उपचारका क्रममै मु’त्यु भएको प्रहरीले बताए।

फुटबल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगी किन राती त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्र’हार भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।खुकुरी प्र’हार गर्ने युवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *