अमेरिकन आइडलमा दिवेश पोखरेलले गाउँदा तीनैजना जजले उभिएर भने, ‘वान्स मोर’ (भिडियो)

अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् ।स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे ।

सुरुमा केटी पेरीले उठेर ‘मोर…’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई पुलुक्क हेरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *