सोमबार बढेको सून को मुल्य आज व्हातै घट्यो

काठमाण्डाै – सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदी तलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

यो पनि बढ्यो अमेरिकी डलरसहित सबै देशको विनिमयदर

काठमाडौं – मंगलबार अमेरिकी डलरसहित सबै देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ १४ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर३१ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकिएको छ । आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ । त्यसैगरी एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ६८ पैसा तोकिएको छ ।त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७३ रुपैयाँ ०५ पैसा तोकिएको छ भने बिक्रिदर ७३ रुपैयाँ ४२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४५ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४६ पैयाँ ३८ पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *