भारतमा पसिना बगाएका एक युवाको सरकारलाई भावुक सन्देश : ‘बिदेशको खाडिमा दास बन्न चाहन्न तर देश समृद्दको आधार खै ?’

काठमाडौं । समय परिवर्तनसिल छ त्यो परिबर्तित समय संगै मान्छेले आफ्ना कार्य हरु पनि अगाडि बढाउनु जरुरी हुन्छ । बिश्व का परिबर्तित रास्ट्रहरु ले बदलिदो समय संगै देश बिकास र जनता लाई दिईने सुख सुबिधा हरु देखी लिएर देश लाई समउन्नत रास्ट्रको नामले चिनाउन सफल भएका छन ।

अरू देशका बैज्ञानिकहरु ले दिनप्रतिदिन नयाँ नयाँ कुराको खोजीकार्य मा दौडधुप गरि रहेका छन । हुन पनि हो यो २१ औ शाताब्तिमा पुगेर पनि अझै पछि पर्नु भनेको एक ठुलो कमजोरी हो । बिश्वका ठुला र शक्तिसाली रास्ट्रहरुले समय को परिवर्तन संगै बीभीन्न उपलब्धिहरु हासिल गरे ता पनि नेपाल जस्ता गरिब पिछडिएका र साना मुलुकहरुले भने पट्टक्कै बिकास निर्माणका कुराहरु हात लगाउन सकिरहेका छैनन् ।

गरिब बाट झन गरिब हुदै जानु उच्च शिक्षा हासिल गरेर पनि स्वदेशमा पर्याप्त मात्रामा रोजगार का अबसर नहुदा युवा शक्ति बिदेश पलायन हुनु । भएका पुराना उधोग धन्दा कलकारखाना संचालन को साटो बन्द र जिर्ण अबस्थामा पुग्नु । देशमा प्रसस्त मात्रामा बन जंगल नदि खोला नाला लगायत जल श्रोतको हिसाबले बिश्वकै दोस्रो नम्बर गनिने भए ता पनि तिनीहरु को सहि सदपयोग हुनु न सक्नु जस्ता थुप्रै खालका स म स्या हुनुमा विशेष गरि नेपाली राजनीति गर्ने नेपाल का नेताहरु मा यस्को श्रेय जान्छ ।

नेपाल एक गरिब मुलुक हो यो कुरा बिश्वलाई थाहा छ तर नेपालका जनता गरिब छन नेता गरिब छैनन् बिदेशको खाडिमा ५० डिग्री तापक्रम मा पसिना चुहाएर आफ्नो जिबिका चलाउने युवायुवती हरु गरिब छन तर नेपाल सरकारको मातहतमा भ्रष्टाचार गर्दै लाखौ कमाउने हरु गरिब छैनन । पहाड तराई कयौ दिन बाटोमा बास बसेर घर पुग्ने जनता हरु गरिब छन तरमोटर गाडीमा चढेर गाउ शहर धाउने हरु गरिब छैनन् ।

दिनप्रतिदिन भ्रष्टाचारका मुद्दाहरु र खबरहरु बाहिर आएका छन तर देशमा बलियो र दरिलो कानुन हुन न सक्दा का र बा ही समेत भएको देखिदैन अनि कसरी हुन्छ देश बिकास रु कसरी उक्सिन्छ गरिब निमुखा दलित पीडित सर्बहारा बर्गको जिवन रु कसरी बिश्वसामु चिनिन्छ नेपाल रु एक जना धनी र नेताको छोरा काठमाण्डु को ठुला ठुला बोर्डिङ स्कुल देखी अमेरिका युरोपका कलेज सम्म अध्यन गर्न जान्छन् तर गरिब र मजदुरि गर्ने मजदुरको छोरा सरकारी स्कुलमा समेत पढ्न बाट बन्चित भएको हुन्छ ।

आखिर यस्मा दोषी को नेपाल सरकार र नेताहरु रु किनकि यदि उनीहरु ले सरकारी सुबिधाहरु लगायत अन्य विविध कुराहरु सरकार ले ग्यारेन्टी गरेको भए सायद ति बालबालिका हरु पढ्न बाट बन्चित हुने थिएनन् होला । साच्चिकै यस्ता किसिमका स म स्या हरु समाधान गर्ने सरकारले कुनै निति कार्यक्रम ल्याए देश कोल्टे फेरिन सक्छ । तर त्यस्मा समुचित निकायको ध्यान केन्द्रित भएको देखिदैन । कुनै पनि कामको बारेमा भने जस्तो गर्न र बुझ्न त्यती सजिलो छैन । स्वास्थ शिक्षा रोजगार लगायतका केहि सुबिधाहरु नेपाल सरकारले लागु गरे देश एक नयाँ नेपाल को सुनौलो भबिस्यको उज्यालो लिएर आउन सक्छ तर आफ्नो स्वार्थ लोभ लालच अनि हालीमुहाली लगायत विभिन्न कुराहरु मा नेपाल का राजनीति गर्ने नेता र नेपाल सरकार अडेको देखिन्छ ।

नेपालको राजनीतिक ईतिहास लाई हेर्ने हो भने हरेक दश दश बर्षको अन्तरालमा धेरै क्रा न्तिहरु यु द्धहरु आ न्दोल नहरु भएका छन तर बिडम्बना भएका ति हरेक क्रा न्ती आ न्दो लन यु द्धबाट जुन उपलब्धि हरु हात लगाउन सकेको छैन । बिस २०५२ देखी माओवादी ले दश बर्ष यु द्ध गर्यो जनता ले पनि साथ र समर्थन दिए बिस २०६२, ६३ मा राजतन्त्र ढा ल्न र लोकतन्त्र र गणतन्त्र ल्याउनको लागी आ न्दो लन भए लोकतन्त्र र गणतन्त्र पनि आयो तर नेपाली जनताका हक अधिकार सुनिश्चित गरिएनन ।

पुरानो संविधान सभाको खारेजी पछि नंया संविधान ल्याउनको लागी भएको पहिलो चुनावमा माओवादी पहिलो पार्टीको रूपमा उदाउन सफल भएको थियो तर माओवादीको नेतृत्व मा गठन भएको सरकारले नत संविधान लेखन कार्यलाई गति दिन सक्यो नत आफ्नो कार्यकाल नै सम्भाल्न सक्यो । चार बर्ष बितिसक्दा पनि संविधान लेखन कार्य राजनीतिक दलका नेताहरु आ आफ्ना अडानले गर्दा स्थिरता पाउन सकेन ।

माओवादीले उठान गरेको जातीय राज्य सिमाङ्कन लगायत संघीयताको आडमा कुर्लनेहरु ले कहिले भुल्न न सकिने अप्रिय घ ट नाहरु र आ न्दोल न हरु गर्न सफल भए । संविधान सभाको दोस्रो चुनाव पछि जाहिर संविधान घोषणा भए लगत्तै उता भारत ले त्यो संविधान मधेसी जनताको हितमा नभएको भन्दै अघोषित नाकाब न्दिको खेल सुरु गर्यो ।

बि ना सकारी भुकम्प बाट घाइते भएको नेपाल को घा उ न सुक्दै त्यो भारत ले गरेको नाका ब न्दीले झन चि रिए को घाउमा नुन चुक छर्के झै भईदियो । लामो भारतीय अघोषित नाका ब न्दी बाट देशको अर्थतन्त्र लगायत नेपाली जनताको जिवन क ष्टक र बनि रहयो अत । यस्ता किसिमका थुप्रै स म स्या हरुको नेपाल सरकार र नेपाली राजनीति दलका नेताले समाधान गर्न न सक्दा रास्ट्र अगाडि बढनु को बदला झन पछाडी धकेल्लिदै छ ।

अनगिन्ती रुपले भईरहेको युवा पलायन रोक्न न सक्दा स्वदेशमा रोजगार का अबसरहरु ल्याउन नसक्दा देशलाई ठुलो घाटा का साथ साथै देशको अस्तित्व माथी नै दाग लागिरहेको देखिन्छ । नेपाल सरकार लगायत नेपाली राजनीति गर्ने पार्टीका अगुवा नेताहरु लाई मेरो आग्रह तपाईंहरु चुनाव को समयमा नेपाली जनता लाई जुन भाषण र आश्वासन देखाउनु हुन्छ ति कुराहरु ब्याबहार मा लागु गर्नुहोस । ब न्द जिर्ण अबस्थामा रहेका कलकारखाना उधोग धन्दा संचालन मा ल्याउनुहोस नेपाल को बिकास को लागि बिदेश बाट आएको रकम मा गि द्धे दृ ष्टि नलगाई सहि हिसाबले सदुपयोग गर्नुहोस ।

नेपाल मा भएका नदि नाला बाट उत्तपन्न हुने विद्युतका लागी केहि योजनाहरु तय गर्नुहोस गरिब सर्बहारा निमुखा पी डित बे प त्ता सहिद दलित मु क्ति कमैया कमलरी प्रथा को अन्तय गर्दै बिदेश को खाडि मा दास बन्न नेपाली रास्ट्रप्रेमी युवायुवती हरु स्वदेश फर्काएर रोजगारीको ब्यबस्था मिलाउनुहोस । नयाँ नेपाल को सिर्जना हुने छ र तपाईं ले गरेको अतुलनीय कार्य को अबिस्मर्निय मुल्यांकन जनताले गर्दै नेपाली जनता को घर दैलोमा खुशी छाउने छ । धन्यवाद । करन साउद /गौरिगंगा नगरपालिका ७ कैलाली हाल भारतको मुम्बई

Leave a Reply

Your email address will not be published. Required fields are marked *