कमेडीमा यस्तो पो रहेछ खड्ग बहादुर पुन हार्नुको कारण, हिमेशले यसरी जितेछन् [भिडियोसहित]

काठमाडौ । कमेडी च्याम्पिएनका अन्तिम तीनसम्म पुगेका खड्ग बहादुर पुनले आफुलाई रोल्पाली जनताले भोट गर्न नपाएको बताएका छन् । उनले आफु विजेता बन्न नसक्नुमा यसै कुरालाई मुख्य दोषि मानेका छन् । पुनले आफुलाई साथ, सहयोग गर्ने सम्पुर्ण व्यक्ति र संस्थाहरुलाई पनि धन्यवाद दिएका छन् । आज राजधानीमा भएको एक साक्षात्कारमा उनले आफुलाई मगरको कलाकार भन्ने गरेकोमा दुःख लाग्ने गरेको बताए ।

आफु सबै नेपालीहरुको कलाकार भएको र माया र स्नेह पनि त्यसरी नै पाइरहेको उनको दावा छ । उनले विजेता हिमेश पन्तलाई बधाई दिदैं आफ्ना सम्पुर्ण कलाकार साथिहरुलाई याद गर्न पनि भ्याए । आफु यस स्थानमा आउँनुमा दर्शक र कमेडी च्याम्पिएन परिवारको महत्वपुर्ण हात रहेको पनि उनले स्विकार गरेका छन् । यसमा प्रतिस्पर्धीलाई भोट गर्नका लागि इ–सेवा वा कमेडी च्याम्पिएनको एप हुनुपर्छ भनिएको थियो ।

रोल्पामा इन्टरनेट सुविधा राम्रो नभएका कारण त्यहाँका जनताले भोट गर्न नपाएको विश्वास गरिएको छ । उनले आफ्ना समर्थकहरुले देखाएको व्यवहारका लागि क्षमा पनि मागेका छन् । तर उनी कमेडी च्याम्पिएनमा केही त्रुटीहरु भएको कुरा भने स्विकार गर्छन । गएको आइतबार उनका समर्थकहरुले यस कार्यक्रम विरुद्ध नाराबाजी गरेका थिए । थप पुनले के–के भने तल भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *