बिछोडिएको १५ वर्षपछि यी इन्डोनेशियाली युवकको आफ्नी आमासँग भेट्न पाए। बीबीसी इन्डोनेशियाले आप्रवासी इन्डोनेशियाली कामदारबारे गरेको रिपोर्टिङका कारण उनीहरूको मिलन सम्भव भएको हो।घरायसी विवा’दका कारण छ वर्षको उमेरमै इवान घर छोडेर
भागेका थिए। मलेशिया गएपछि परिवारसँग उनको कुनै सम्पर्क हुन सकेन। आफूसँग कुनै परिचपत्र नभएकाले उनले कतै सहायता लिन पनि पाएका थिएनन् र घर जान पनि।बीबीसी इन्डोनेशियाका रोमातिन बोनासिर र द्विकी मार्ताले आमाछोराको पुनर्मिलनबारे यो सामग्री बनाएको समाचार बीबीसी नेपालीमा छ ।भिडियो
https://www.bbc.com/news
यो पनि कोरोना महामा’रीको असर : चीनमा डिभो’र्स बढ्यो
बेइजिङ : कोरोना भाइरस महामा’रीले संसारभर अनेक सम’स्या निम्त्याएको छ । खासगरी विश्व अर्थतन्त्रमा यसले ग’म्भीर असर निम्त्याउने धेरैको अनुमान छ । तर अनपेक्षित रुपमा चीनमा ‘डिभो’र्स’का घ’टना समेत बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो । चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ । छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डि’भोर्स गराउन निवेदनको संख्या बढेको हो ।
उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा फेब्रुअरी २४ यता मात्रै ३ सय जोडीले डि’भोर्सका लागि आवेदन दिएका हुन् । कोरोनाकै कारण यस्तो सामाजिक असर देखिएको बताइएको हो । सिचुआन प्रान्तको डाझउस्थित विवाह केन्द्रका व्यवस्थापक लु सिजुआनका अनुसार पहिले भन्दा डिभो’र्स दर बढेको छ ।