आँचलको रियल हिरो,६० लाखको गहना,१६ लाखको लेहेंगा,हेलिकप्टरमा इन्ट्री अनि ट्रोलको सिकार (भिडियो सहित)

नायिका आँचल शर्माको फागुन २९ मा भव्य बिहे भयो । बिहेमा सीमित आफन्तलाई मात्र निमन्त्रणा गरिएको थियो ।चैत्र १ मा बिहेको भव्य पार्टी राखिएको थियो । आँचलको बिहेको भन्दा बढी चर्चा उनको बिहे भोजको भयो । उनी विमानस्थलबाट हेलिकप्टर चढेर राजधानीको पाँचतारे होटलमा आइपुगेकी थिइन् । आँचल होटल परिसरमा हेलिकप्टरबाट उत्रिएको मात्र चर्चा भएन । उनले लगाएको पहिरनको पनि चर्चा भयो । उनले लगाएको लेहेंगा १६ किलोको भएको चर्चा चल्यो ।

त्यतिमात्र होइन । भारतीय डिजाइनरले तयार पारेको आँचलको लेहेंगाको मूल्य १६ लाख भएको खबर बाहिर आयो । यद्यपि यसबारेमा आधिकारिक धारणा आएको छैन । यो खबर फैलिएपछि भने आँचललाई ट्रोल बनाउन थालिएको छ ।त्यसो त नेपाली सेलिब्रेटीले बिहेमा यस्तो तामझाम नगर्ने कारण पनि धेरैलाई आँचलको बिहे खर्चालु लागेको छ । बलिउड तथा विदेशी कलाकारले भने बिहेलाई जतिसक्यो भव्य बनाउने गर्छन् । भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *