कोरोनाभाइरस: महामारीको त्रासमाझ एकअर्काको आत्मबल बढाउन इटली र स्पेनमा सङ्गीत र ताली, घरका झ्याल र बार्तालीबाट रास्ट्रिय गान गाउँदै हौसला बढाउंदै (भिडियोसहित)

एक्काइसौँ शताब्दीमा मानव सभ्यतामाथि सबैभन्दा ठूलो चुनौती बनेर देखापरेको समस्या हो कोरोनाभाइरसको महामारी । यो एउटा निश्चित क्षेत्रमा मात्र सीमित महामारी नभएर विश्वलाई नै आफ्नो चपेटामा लपेटिरहेको महामारी पनि हो । यस अर्थमा यो महामारी अत्यन्तै खतरनाक पनि छ । अत्यन्तै आक्रामक ढङ्गले सर्ने र शरीरको रोग प्रतिरोधी क्षमता कम भएका मानिसलाई कालको ग्रास बनाउने यो महामारीलाई कोभिड–१९ नाम दिइएको छ ।

कोभिड–१९ को महामारीले विश्वलार्ई नै आतङ्कित बनाइरहेको कुरा सत्य हो । तर यो भाइरसको वास्तविक यथार्थ जे हो, त्यहीअनुसार यसलाई देखाउने र प्रस्तुत गर्ने काम भने भइरहेको छैन । यो भाइरसका खराब पक्ष, जुन कतिपय यथार्थमा आधारित पनि छन् र कतिपय चाहिँ भ्रममा, उछाल्ने काम पनि भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको हो । संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बनेका लागि तत्काल कोरोना भाइरसविरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्ने उसको भनाई छ ।

यसै क्रममा कोरना भइरसबाट सङ्क्रमित र निधन हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै निधन र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ । इटलीमा मङ्गलबार २७ हजार ९८० बिरामी भएकोमा दुई हजार १५८ जनाको निधन भएको छ । बिरामीमध्ये दुई हजार ७४९ जनालाई निको भएको छ भने २३ हजार ६३ जना बिरामी अवस्थामै रहेका छन् । बिरामीमध्ये एक हजार ८५१ जना गम्भीर अवस्थामा रहेका छन् ।

अमेरिकामा सोमबार रातिसम्म बिरामीको सङ्ख्या चार ८०० सय पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै एक हजार बिरामी थपिएका छन् । निधन हुनेको सङ्ख्या भने ८५ रहेको छ । तीमध्ये आधाभन्दा बढी वासिङ्टनका रहेको छन् भने न्यूयोर्कमा १० क्यालीफोर्नियामा सात जनाको निधन भएको छ ।

भारतमा मङ्गलबारसम्म १२५ जना सङ्क्रमित भएका छन् । तीमध्ये १०३ जना भारतीय नागरिक नै छन् भने २२ जना विदेशी रहेका छन् । भारतमा कोरानाका कारण अहिलेसम्म दुई जनाको निधन भएको छ भने १३ जना उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरिायमा पछिल्लो २४ घण्टामा ८४ जना बिरामी थपिएका छन् । योसँगै कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ३२० पुगेको छ ।त्यसैगरी थप छ जनाको निधन भएसँगै कोरियामा कूल निधन हुनेको सङ्ख्या ८२ पुगेको अधिकारीले जनाएकाछन् । बिरामी र सङ्क्रमित भएकामध्ये २६४ जना सन्चो भएर घर फर्किएका छन् ।

फ्रान्समा छ हजार ६३३ जना सङ्क्रमित भएका छन् भने कूल १४८ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १२ जनालाई निको भइसकेको छ । बिरामी नै अवस्थामा रहेका छ हजार ४७३ जनामध्ये ४०० जना गम्भीर अवस्थामा रहेका छन् ।अष्ट्रेलियामा कूल बिरामीको सङ्ख्या ४४० पुगेको छ । तीमध्ये ३९ जना पछिल्लो २४ घण्टामा थपिएका छन् भने अहिलेसम्म कूल पाँच जनाको निधन भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । अष्ट्रेलियाबाट उडान हुने अन्तरराष्ट्रिय हवाई सेवामध्ये ९० प्रतिशत उडान स्थागित भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रिमत सङ्ख्या २३४ पुगेको छ । तीमध्ये ३४ जना पछिल्लो २४ घण्टामा थपिएका छन् । इजिप्टमा भने पछिल्लो २४ घण्टामा दुईजनाको निधन भएको थप ४० जना गरी कूल सङ्क्रमितको सङ्ख्या १६६ पुगेको छ । निधन हुनेको सङ्ख्या चार पुगेको छ ।इजरायलमा स्वास्थ्य परीक्षण गरिएका मध्ये पछिल्लो समयमा थप ८५ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ, योसँगै कूल सङ्क्रिमतको सङ्ख्या २९८ पुगेको छ ।

इराकमा थप एक जनाको निधन भएको छ भने छ जना थप सङ्क्रमित भेटिएका छन् । योसँगै कूल निधन हुनेको सङ्ख्या १० र सङ्क्रमित हुनेको सङ्ख्या १३३ पुगेको छ ।त्यसैगरी इरानमा १४ हजार ९९१, स्पेनमा नौ हजार ९४२, जर्मिनीमा सात हजार २६२, नेदरल्याण्डमा एक हजार ४१३ जना सङ्क्रमित भएको विवरण विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको जनाइको छ ।

जापानमा कोभिड –१९ बाट ८२१ सङ्क्रमण भएको मङ्गबार जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले मङ्गलबार जानकारी दिएको छ स्थानीय समयानुसार मङ्गलबार बिहान १०ः३० सम्म ८२१ जनामा सङ्क्रमण देखिएका छ । जापानमा कोरोना भाइरसको सङ्क्रमणको कारण हाल सम्म ३५ व्यक्तिको निधन भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुमा टोकियोनजिकको योकोहामामा भाइरसबाट प्रभावित डायमण्ड प्रिन्सेस् क्रूज जहाजमा रहेका व्यक्तिहरुमा पनि समावेश छन् ।

अहिले युरोप विश्वव्यापी महामारी कोभिड-१९ को केन्द्रबिन्दु बनेको छ। कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट नराम्ररी प्रभावित भएको इटलीमा मानिसहरू घरबाहिर निस्किएका छैनन्।

तर केही स्थानमा मानिसहरूले आफ्नो आत्मबल बढाउन र स्वास्थ्यकर्मीप्रति सम्मान प्रकट गर्ने उपाय फेला पारेका छन्। नागरिकहरूले घरघरबाटै देशभक्तिपूर्ण गीत गाएका दृश्यहरू सामाजिक सञ्जालमा देखिएका छन् स्पेनमा पनि मानिसहरूले महामारी नियन्त्रण गर्न र बिरामीको उपचार गर्न परिचालित स्वास्थ्यकर्मीहरूप्रति सम्मान प्रकट गरेका छन्। हेर्नुहोस् यो भिडिओ।

https://www.bbc.com/terms

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *