एजेन्सी, ५ चैत्र । विश्वव्यापी फैलिरहेकाे काेराेना भाइरस अर्थात काेभिड-१९ ले ब्लड ग्रुप अनुसार सं,क्र,मण गर्ने अनुसन्धानकर्ता निष्कर्ष निकालेका छन् । चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले कोरोना मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको सं,क्रमण फरक-फरक हुने निष्कर्ष निकालेका हुन् ।ब्लड ग्रुप ए भएका मानिसमा कोरोनाको सं,क्रमण बढी र छिटाे हुने अध्ययनले देखाएकाे छ । साथै ब्लड ग्रुप ए भएका मानिसलाई काेराेना लागिसकेपछि पनि गम्भीर अवस्था हुने अध्ययनले देखाएकाे छ । ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई संक्रमण थोरै हुने अध्ययनको निष्कर्ष छ ।
वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा उक्त अनुसन्धान २,१७३ व्यक्तिमा अध्ययन गरिएकाे थियाे । यीमध्ये २०६ जनाको मृ,त्यु कोरोना भाइरसका कारण भएको थियो ।डेली मेलकाे अनुसार २०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको रक्त समूह ए (Blood Group A) थियो भने ५२ जनाको रक्त समूह ओ (Blood Group O) थियो । अर्थात् रक्त समूह ए करिब ४१.२६ प्रतिशत र क्त समूह ओ करिब २५ प्रतिशत मानिसको मृ,,त्यु भयो। उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।
ब्ल,,ड ग्रुप एका मानिसहरूले सं,क्र,मण नहोस् भनेर व्यक्ति सावधानीमा धेरै नै ध्यान दिनु जरूरी भएकाे र यो रक्त समूहका बिरामीलाई उपचारका क्रममा पनि विशेष निगरानी गर्नुपर्ने पनि अनुसन्धानकर्ताहरूले बताएका छन् ।अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भएको छैन तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिं,,ग,दाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न म,द्दत गर्ने बताएका छन् ।