स्कुल–कलेज चैत मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, ५ चैत । सरकारले चैत स्कुल तथा कलेज चैत मसन्तसम्मका लागि बन्द गर्ने निर्णग गरेको छ। विश्वव्यापी फैलिएको कोरोना नेपाल प्रवेश गर्न नदिन सरकारले सतर्कता अपनाउँदै यस्तो निर्णय गरेको हो । तर एसइइ परिक्षा भने जारी रहने छ । सरकारले यस अघि नै मानिसको धेरै भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न र भिडमा नजान आग्रह गर्दै आएको थियो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) जारी राख्दै स्कुल तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको हो। बैठकले अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घर वाहिर पनि नजान आग्रह गरेको छ ।

‘चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने’, बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’

होटल रेष्टुरेन्ट र किनमेलका लागि जाने मलहरुमा पनि ग्राहकको स्वास्थ्यको विशेष ख्याल गर्दै हात धुने प्रवन्ध मिलाउन आग्रह गरिएको छ । तापक्रम नाप्ने उपकरणको पनि ब्यवस्था गर्न आग्रह गरिएको छ । कोरोनाका बारेमा सामाजिक सञ्जाल र मिडियाका माध्यमवाट भ्रम सिर्जना गर्नेहरुलाई कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ । युरोपका मुलुक र खाडी मुलुकहरुवाट आउने यात्रुहरुलाई समेत मार्च २२ देखि अप्रिल १५ सम्मका लागि आवागमन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

कोरोना भाइरस ९कोभिड १९० को रोकथाम र नि य न्त्रण का लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय सहित १५ गते निर्णय गरेको छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले अत्यावश्यक काम वाहेक घर वाहिर ननिस्कन र सार्वजनिक सवारी साधनमा पनि सिट भन्दा बढी ब्यक्ति नराख्न पनि अपिल गरेको छ कोरोना भाइरस रोकथाम तथा नि य न्त्र ण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *