केहिदिन अघि बिहे गरेकी नायिका आँचलले बालबालिकासँग मनाइन् जन्मदिन भिडियो

काठमाडौं, ५ चैत । नायिका आँचल शर्माले केही दिन अघि मात्र विवाह गरेकी छन् । उनले चितवनका उदिप श्रेष्ठसंग विवाह गरेकी हुन् । विवाह लगत्तै उनको जन्मदिन पनि परेको छ । आँचल आजबाट २३ बर्ष पुरा भएर २४ बर्षमा प्रवेश गरेकी छिन् । उनको विवाहको चर्चा सेलाउन नपाउँदै उनले आफ्नो जन्मदिन मनाउन गरेको कृयाकलापले पनि सामाजिक सञ्जालमा राम्रै स्थान पाएको छ ।

उनले गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी छिन् । हरेक वर्ष जस्तै उनले बालबालिकाहरुसंग जन्मदिन मनाउने आफ्नो कामलाई निरन्तरता दिएकी हुन् । ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकासँग आँचलले जन्मदिन मनाएको तस्बिर सार्वजनिक भएको छ । गतबर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् ।

यो केन्द्रमा ४८ जना बालबालिकाहरु छन् । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । यस्तै, उनी बालबालिकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर केन्द्रमा पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *