भोलिबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थ,गि,त

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । भोली चैत ६ गते देखि देशभरी एसइइ परिक्षा संचालन हुने पूर्वनिर्धारित तालिका थियो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।यस अघि समितिको बैठकले एसइइ बाहेका अन्य विद्यालय र कलेज ब,,न्द गर्ने निर्णय गरेको थियो । शिक्षामन्त्रीले पनि एसइइ कुनै हालतमा पनि नरोकिने बताउँदै आएका थिए । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । बुधवार दिउसो बसेको समितिको बैठकले पनि एसइइ परिक्षा नरोक्ने निर्णय गरेको थियो ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । सरकारले भोलि बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसइई) प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्य जाँचसहितको सहायता कक्ष स्थापना गरी सुरक्षित एवं व्यवस्थितरुपमा सम्पन्न गर्ने भनेको थियो । कोभिड–१९बाट स,ङ्क्र,म,ण भई उपचार गर्नुपर्ने भएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक र निजी अस्पतालबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णयसमेत गरेको थियो तर अन्तिममा आएर स्थ,गि,त भएको छ ।

यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् ।

त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने भएका छन् ।

परीक्षा नियन्त्रक खकुरेलले कूल ८६ वटा विषयमा हुने परीक्षामा करीब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइएको जानकारी दिनुभयो । परीक्षामा करीब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी ख,टा,इ,ने भएको छ ।

देशभरका सबै परीक्षा केन्द्रमा एकैसाथ शुरु हुने परीक्षाका लागि आवश्यक प्रश्न सबै जिल्लाको परीक्षा केन्द्रको नजीक रहेको सुरक्षा निकायमा पु¥याइएको छ । परीक्षा नियन्त्रक खकुरेलका अनुसार परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भीडभाड गर्न बन्देज लगाएको जानकारी दिँदै एउटा परीक्षा केन्द्रमा बढीमा ३०० र एउटा कक्षा कोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको थियो । कसैले परीक्षाको मर्यादा भङ्ग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार छ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *