शुक्रबारदेखि खा,डी,का देश र मलेसियासँगै यूरोपबाट नेपाली पनि स्वदेश आउन न,पा,उ,ने

काठमाण्डौ – आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९ स,ङ्क्र,मण, रोकथाम तथा नियन्त्रण

उच्चस्तरीय समन्वय समितिको बैठकले खा,डीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रुसँगै नेपाली नागरिकलाई पनि नेपाल आउन प्रतिबन्ध लगाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

साथै यी देश ट्रान्जिट बनाएर आउने सबै देशका यात्रुलाई पनि नेपाल आउन रोक लगाइएको छ । चीनको वुहानबाट फै,लि,ए,को कोरोनाको सं,क्र,म,ण नेपालीको श्रम गन्तव्य खाडीका देश र मलेसियासम्म फै,लि,एको छ ।खाडीका ६ देश र मलेसियामा अहिलेसम्म १ हजार ९ सय ४६

जनामा कोरोनाको सङ्क्रमण भएको छ । पछिल्लो तथ्याँकअनुसार १ सय ७० देशका दुई लाख ४ हजार ७ सय ३२ जनालाई कोरोनाको सङ्क्रमण भएको छ । अहिलेसम्म ८ हजार २ सय ७० जनाको ज्या,,न गएको छ भने ८२ हजार ८ सय ८९ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *