सरकारको चेतावनी – काम बिना घर बाहिर निस्किए ४७ हजार रुपैयाँ ज,रि,वा,ना तिर्नुपर्ने

काठमाडौं । विश्वभर नोभेल कोरोनाभाइरस (कोभिड १९)ले आ,तं,क म,च्चा,इरहेको छ । हालसम्म एक सय ७६ देशमा कोरोनाभाइरस सं,क्र,मण भइसकेको छ । कोरोनाभाइरसबाट विश्वभर दुई लाख २५ हजार दुई सय ५३ जनामा सं,क्र,म,ण देखिएको छ । साथै नौ हजार दुई सय ७७ जनाले ज्यान गुमाउँदा ८५ हजार आठ सय २६ जना उपचारपछि निको भएर घर फर्र्किएका छन् ।

गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सं,क्र,मणको सबैभन्दा बढी प्रभावित चीन, इटाली, इरान, स्पेन, अमेरिका, फ्रान्सलगायतका मुलुक छन् । पछिल्लो समय युरोप अतिप्र,भा,वि,त भएको छ । कोरोनाभाइरस सं,क्र,म,ण थप नहोस् र मानवीय क्षति नबढोस् भनेर विश्वभरका सबै देशहरुले विभिन्न उपाय अपनाइरहेका छन् । यसैक्रममा प्रभावित मुलुक अस्ट्रियाले पनि विभिन्न उपाय अवलम्बन गरिरहेको छ । सो समाचार तयार पर्दासम्म अस्ट्रियमा एक हजार आठ सय ४३ जना संक्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । साथै नौ जना उपचारपछि घर फर्र्किएका छन् ।

यसलाई नियन्त्रण गर्न अस्ट्रियाले विभिन्न नियम लागू गरिरहेको छ । जसमध्ये एक हो, काम बिना घर बाहिर निस्किए नगद ज,रि,वाना । युरोपेली मुलुकमा जस्तो अष्ट्रियालमा आपतकालीन अवस्थाको घोषणा नगरिए पनि कोरोनाभाइरस संक्रमण रोक्न सार्वजनिक गतिविधिमा रोक लगाउँदै मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । साथै अत्यावश्यक काम बाहेक घरबाहिर निस्किए ३६ सय युरो (करिब ४६ हजार ८ सय नेपाली रुपैयाँ)सम्म नगद ज,रि,वाना गर्ने अस्ट्रियाले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *