कोरोना भित्रन नदिन बोकाको ब’लि दिएर कुल पूजा

कालिकोट, ६ चैत । विश्वभर फैलिदै गइरहेको कोरोना भाइसर ९कोभिड० १९ वाट बच्न नेपालका विभिन्न स्थानमा अनेक उपाय गरिन थालेको छ । मानिसले आफ्नो धमृ र आस्थाका आधारमा पनि कृयाकलाप गर्न थालेका छन् ।

कोरोना भाइरसवाट विश्वभरका विरामी मानिसको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै काठमाडौंमा केही दिन अघि होम गरिएको थियो । विश्वभर लाखौं मानिस कोरोनाको प्रभावमा छन् । उनीहरुको स्वास्थ्यलाभको कामना सहित होम गरिएको थियो । त्यस्तै कालिकोटमा कोरोना नफैलियोस् भन्दै स्थानियले कुल देवताको पूजा गरेका छन् ।

जिल्लाको रासकोट नगरपालिका वडा र्न ७ पुर्छे गाउँमा धामि पुजारी र गाउँका भद्र भलाद्मी जम्मा भएर कुल देवता मष्टो र धालपुराको थानमा वोकाको ब लि दिएका छन् । यो पुजावाट आफ्नो गाउँमा अ नि ष्ट नहुने विश्वास गरिन्छ । गाउँमा वा मुलुकमा अ नि ष्ट हुने संकेत देखिदा यहाँ यस्तै पुजा गर्ने चलन छ ।

बिसं २०६३, साल असार महिनामा वर्षा नभएपछि बोकाको वो लि चढाएर पानी मागिएको थियो । यो वर्ष विश्वभर त्रा स फैलाएको कोरोना आफ्नो मुलुक र गाउँमा नआओस् भनेर उनीहरुले थानमा पुजा लगाएका हुन् ।

स्थानियका अनुसार बिसं २०३६ सालमा पनि नेपालमा म हा मा री फैलिएकोे वेला बोकाको व लि चढाएर पूजा गरिएको थियो । मष्टादेवताका पुजारी कवि उपाध्यायका अनुसार गाउँमा पटक पटक खडेरी पर्दा यसरी नै पानी मागिन्छ । त्यो पुरा हुने गरेको विश्वास स्थानियमा छ ।

पुजारी उपाध्याले छाउपढि छाड्न तयार भएपनि देवता छाड्न नसक्ने भन्दै सं कट परेको बेला देवताले न्याय दिएको बताएका छन् । सरकारले कोरोना रोकथामका लागि अपनाएको कठोर निर्णयका बारेमा जानकारी पाएपछि कालिकोटका स्थानिय झन त्र सि त भएका छन् ।

मुखैमा आएको माध्यामिक तहको एसर्ईई परिक्षा स्थगित भएपछि कालीकोटमा कोरोनाको त्रा स बढेको हो । भारत र तराईकै भरमा खाध्यान्न उपभोग गरिरहेको कालिकोटमा नाका वन्द हुँदा खाध्यान्न वस्तुको अभाव हुन सक्ने भन्दै चिन्ता पनि गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *