नेपाल एअरलाइन्सको दुबई र जापान उडान स्थगित, मिति परिवर्तन गर्दा शुल्क नलाग्ने

काठमाडौं, ६ चैत । नेपाल एयरलाइन्सले भोलिदेखि जापानको नारिता र यूएईको दुबई उडान स्थगित गरेको छ ।नेपाल एयरलाइन्सले ७ चैत मध्यरात देखि लागु हुने गरी जापान र दुबई गन्तब्यको नियमित उडान स्थगित गरेको हो ।

उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णय अनुसार जापान र दुबई उडान चैत मसान्तसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार चैत्र ७ गते र त्यसभन्दा पछिका उडानका टिकट लिएका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै फिर्ता दिइने र उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यो पनि प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित

काठमाडौं, ६ चैत । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।कोरोना संक्रमण नियन्त्रण अभियान सफल बनाउनका लागि बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको जनाइएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले चैत १३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गरेको हो।विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विद्यालय र विश्वविद्यालय, र लोकसेवा आयोगका परीक्षाहरु पनि रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *