कोरना भाइरसका कारण ६ महिनासम्म ऋण नउठाउन बैंकलाई सरकारको निर्देशन

श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कफ्र्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अिधकारीले जनाएका छन् । प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कफ्र्यू आदेश जारी भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् । कफ्र्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।

यसै क्रममा भाइरसको विश्वव्यापी महामारीका कारण सृजित विसम परिस्थितीमा बैंकहरुलाई आगामी ६ महिना रिण नउठाउन र ब्यापारका लागि ४ प्रतिशतमा रिण उपलब्ध गराउन निर्देशन दिएका छन्। ‘यो अवस्थामा व्यापारिक क्षेत्रका लागि बैंक तथा वित्तिय क्षेत्रबाट लिएको रिण भुक्ता गर्न निकै गाह्रो छ’, देशबासीका नाममा सम्बोधन गर्दै राजापाक्ष्याले भने।

श्रीलंकाका बैंकहरुले गत वर्ष आ’त्मघा’ती ब’म वि’स्फो’टका कारण तहसनहस पर्यटन क्षेत्रमा पनि केही समय रिण उठाउन बन्द गरेका थिए। त्यतिबेला राष्ट्रपति राजापाक्षाले अग्रसरता देखाएका थिए। उनले व्यापारमा मुल्य नियन्त्रण गर्न पनि निर्देशन दिएका छन्। सम्भावित महँगीप्रति चासो राख्दै उनले मुल्य नियन्त्रणमा कदम चाल्न भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *