भारतमा कोरोना संक्रमण भित्रभित्र फैलिरहेकाे चिन्ता : संक्रमित १४ सय हाराहारी, ३५ को मृत्यु

काठमाडाैँ, १९ चैत । भारतमा कोरोना संक्रमणको दर बढिरहेको छ । पछिल्लो एकै दिन त्यहाँ १४६ नयाँ संक्रमित फेला परेसँगै कुल संक्रमितको संख्या १ हजार ३९७ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतभरि कुल ३५ जनाको मृत्यु भएको छ । जसमा मंगलबार मात्र ३
जनाको मृत्यु भएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये १२३ जना पूर्णरूपमा निकाे भइसकेका छन् । बाँकी १ हजार २३८ जनामा काेराेना भाइरसक सक्रिय देखिएकाे छ ।भारतमा लकडाउनका बीच पनि भीडभाडमुक्त भने भएकाे छैन । विज्ञहरूले भित्रभित्र संक्रमण फैलिरहेकाे हुनसक्ने बताएका छन् ।

डा. एसके सरीनका अनुसार विश्वको बाँकी मुलुकको तुलनामा भारतमा भर्खरै कोरोना संक्रमणको शुरु भएको छ र आउँदा केही हप्ताहरूमा संक्रमणा तीव्र हुन सक्छ ।दिल्लीको निजामुद्दीन इलाकामा उनले कोरोना भाइरसका लक्षणहरुमा धेरै मानिसहरुमा एकसाथ भेटिएको र केही व्यक्तिको मृत्यु भएकोप्रति डा सरिनकाे चिन्ता छ । उको विश्वास छ कि यदि हामी भाइरस फैलाउने दर नियन्त्रण गर्न सक्दछौं भने यो ठूलो सफलता हुनेछ । यसको लागि लकडाउन, सामाजिक दूरी र सेनिटाइजेसन धेरै महत्त्वपूर्ण रहेकाे उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *