‘अप्ठ्यारो घडीमा आफ्नो धर्म निभाउन हामी स्वास्थ्यकर्मी नचुकऔं’

देश कोभिड-१९ को सं,क्र,म,णसँग ल,ड्दै,छ। यसको अग्रपंक्तिमा हामी स्वास्थ्यकर्मी छौं। यो अप्ठ्यारो घडीमा हामी आफ्नो धर्म निभाउन चुक्नुहुन्न।विज्ञानले दिएको, हामीलाई गाइड गरेको हदसम्मको सुरक्षा राज्यले दिनुपर्छ। हामीले पनि लिनुपर्छ। त्योसँगै हाम्रो मेडिकल इथिकल प्रिन्सिपल, देशको इथिकल प्रिन्सिपल र हाम्रो आफ्नै ब्रह्मलाई सुनेर मर्न लागेको बिरामीको उपचार हामीले गर्नुपर्छ। त्यो हाम्रो नैतिक र कानुनी दुबै दायित्व हो। यो पूरा गर्न हामी पछि नहटौं।

यस्तो नहोस्, भोलि हामीले एकअर्कालाई- समाजले हामीलाई, हामीले समाजलाई- हेर्नै नसकिने स्थितिमा पुगौं!सरकारले कोभिड-१९ को उपचार गर्न निश्चित गरेर, छुट्टयाएका अस्पतालमा पिपिईलगायतका सुरक्षा सामाग्री पुर्‍याएको बताएको छ। म पनि त्यसैमा विश्वास गर्छु।

कोभिड -१९ का बिरामी हेर्न भनेर नतोकेका अस्पतालमा पनि कोही बिरामी भएर आयो भने जाँच नै नगरी कसैले फर्काउनु भएन। सामान्य जाँचबाट कोभिड-१९ को शंका लागे बिरामीलाई तोकिएको कोभिड अस्पतालमा सिफारिस गरेर उनीहरूलाई त्यहाँ पठाउने व्यवस्था मिलाइदिऔं।

कोभिड-१९ नलागेको हो भने त्यो बिरामीले त्यही अस्पतालमा पूरा उपचार पाउने व्यवस्था मिलाऔं। बिरामीले पाउनु पर्ने उपचार गरिदिन म स्वास्थ्यकर्मीहरूलाई विशेष अनुरोध गर्दछु।कोभिड-१९ लागेको हकमा उपचार गर्ने भनेर सरकारले तोकेका अस्पतालमा आफ्नो जिउ ज्यानको ख्याल र सुरक्षा गरेर काम गर्नुहुन म स्वास्थ्यकर्मी साथीहरूलाई अनुरोध गर्दछु।

मेरो अर्को अनुरोध पनि छ- हामीले आफ्नो जिउ ज्यानको ख्याल गर्दा सुरक्षाका सामग्रीमा मात्र ध्यान नदिउँ। गाउन र कवच लगाउँदैमा सुरक्षा भैहाल्छ भन्ने होइन। सुरक्षाका अरू उपाय पनि अपनाउनु पर्‍यो। आफ्नो निजी सरसफाइ, जस्तै: हात सफा राख्ने, ड्युटीमा काम गरिसकेपछि आफूलाई पुरै सफा गर्ने गरौं। त्यसो गर्‍यौं भने हामीलाई रोग लाग्ने खतरा कम हुन्छ र हामी बिरामीको राम्ररी उपचार गर्न सक्छौं।(सेतोपाटीसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *