करोडौं खर्चिएर ल्याईएको सामान नै ‘नक्कली’, प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयकै निर्देशन

काठमाडौं । बजार मूल्य भन्दा चार गुणा बढी तिरेर ल्याएको स्वास्थ्य सामग्री नै नक्कली पाइएपछि स्वास्थ्य मन्त्रालयले त्यस्ता सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ । सरकारले ओम्नी ग्रुपमार्फत किनेको र्या’पिड डा’यग्नोष्टिक किट नै नक्कली भएको र त्यसलाई प्रयोगमा नल्याउन निर्’देशन दिएको छ । सरकारले यो किट बजार मूल्य भन्दा चार गुणा बढी मूल्यमा खरिद गरेको थियो । स्वास्थ्य मन्त्रालयले प्र’तिकिट ८ डलरका हिसावले ७५ हजार थान किनेको थियो । त्यो सबै गुणस्तरहीन भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

त्यति सामान किन्न मात्रै ६ लाख डलर अर्थात ७ करोड रुपैयाँ खर्चिएको छ । स्वास्थ्य मन्त्रालयका केही उच्च अधिकारीको मि’लेमतोमा यस्ता न’क्कली सामान किनिएको स्रोतको दाबी छ । ‘एकातिर बजार मूल्य भन्दा चार गुणा बढी तिरिएको छ । त्यसमाथि पनि नक्कली सामान ल्याएको छ,’ स्वास्थ्यका एक अधिकारीले भने, ‘अ’भावका बेला स्वास्थ्यका उच्च अधिकारी र केही व्यापारीलाई क’माउने मे’लो बनेको छ ।’ बजारमा यस्ता कि’टको चरम अ’भाव भएको भन्दै ओम्नी ग्रुपका व्यापारी विशाल पण्डितसँग मिलेर स्वास्थ्यका उच्च अधिकारीले देशभित्र नक्कली सामान भित्र्याएको ती अधिकारीको दा’बी छ ।

को’रोना टे’स्ट गर्ने सबैभन्दा महत्वपूर्ण सामग्री नै नक्कली छ । यसबाट प’रीक्षण गर्दा के नतिजा आउँछ ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यो कि’टबाट गरिएको प’रीक्षण वि’श्वसनीय नभएकाले तत्काल प्रयोगमा नल्याइएको बताए ।विश्व स्वास्थ्य सं’गठन र राष्ट्रिय प्र’योगशालाको मा’पदण्ड अनुसार नभएकाले ओम्नीसँग किनिएका कि’ट प्रयोगमा नल्याएको उनले बताए । उनका अनुसार अहिले चीनबाट आएका ७५ हजार थान कि’ट गो’दाममै थ’न्किएर बसेका छन् । गुणस्तरहीन कि’ट ल्याएकाले त्यसलाई प्रयोगमा नल्याएको स्वास्थ्यका अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *