लकडाउनका बेला स्वदेश फर्किने क्रममा भारतमा १ नेपालीको मृ,त्यु

दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना अन्य सहकर्मीसँगै घर फर्किन लागेका थिए । तर, मंगलबार मदकोटमा रहेको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु आफन्त प्रमानन्द ठगुन्नाले जानकारी दिएका छन् ।आफन्तहरुले ठगुन्नाको मृत्यु भएको बताए पनि स्थानीय प्रशासनमा त्यसबारे कुनै खबर नपुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्रबहादुर शाहीले ठगुन्नाको मृत्यु भएको बारे खबर प्राप्त नभएको बताएका छन् ।मृ,त,क,का आफन्तहरुले भने श,व ल्याउनका लागि भए पनि नेपाल भारत सीमाको पुल खोलिदिन अनुरोध गरेका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न भन्दै सीमा सिल गरेपछि अहिले करिब ५ सयको संख्यामा नेपालीहरु दार्चुला नाकाबाट स्वदेश फर्किने आशमा सीमापारीका क्षेत्रमा बसिरहेका छन् । तर, स्थानीय प्रशासनले भने उनीहरुलाई स्वदेश भित्र्याउन नसकिने जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *