चीनमा फेरी थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो

चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।

यसैगरी मङ्गबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको निधन भएको जनाइएको छ । निधन भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् ।चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को निधन भईसकेको छ ।

आज प्राप्त पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को निधन भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *