कोरोनाले चिन ग्रसित हुदै गर्दा, चीनलाई दोष दिने अमेरिका र युरोपमा अहिले सन्नाटा

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा एकै दिन (हिजोमात्र) ८३७ नागरिकको ज्यान गएको छ । कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य ।

इटालीमा १ लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को निधन भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् ।स्पेनमा १ लाख २ हजार १३६ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ३३ को निधन भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् ।संयुक्तराज्य अमेरिकामा १ लाख ८८ हजार ५९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५५ को निधन भएको छ । यसैबीच ७ हजार २५१ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ५२३ को निधन भएको छ । यसैबीच ९ हजार ४४४ निको भएर फर्किएका छन् ।चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३१२ को निधन भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।इरानमा ४४ हजार ६०५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ८९८ को निधन भएको छ । यसैबीच १४ हजार ६५६ निको भएर फर्किएका छन् ।

बेलायतमा २५ हजार १५० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ७८९ को निधन भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।जर्मनीमा ७१ हजार ८०८ कुल सङ्क्रमित भएका छन् भने, ७७५ को निधन भएको छ । यसैबीच १६ हजार १०० निको भएर फर्किएका छन्  बेल्जियममा १२ हजार ७७५ कुल सङ्क्रमित भएका छन् भने, ७०५ को निधन भएको छ । यसैबीच १ हजार ६९६ निको भएर फर्किएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *