ग,न्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्ने अनुसन्धानकर्ताको दाबी

काठमाण्डौ – ग,न्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।बेलायतको लण्डनमा रहेको द किङ्स कलेजको एउटा समूहले ४ लाखभन्दा धेरै मानिसमा गरेको अध्ययनले यस्तो देखाएको बीबीसीले जनाएको छ ।

अध्ययनले गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकी जस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमण पनि कोरोनाको लक्षण भएको देखाएको छ विज्ञहरूले सबैभन्दा धेरै ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको बताएका छन् ।

यो पनि काेभिड १९ वि,रु,द्ध,काे अभियानमा बलिउडका यी कलाकारहरुले गरे करोडौँ रुपैयाँ सहयोग

विश्व यतिबेला कोरोना कोभिड १९ जस्तो महामारीको सामना गरिरहेको छ । जसको चपेटाबाट भारत पनि बच्न सकेको छैन । भारत सरकार यतिबेला कोरोना भाइरस विरुद्धको लडाइमा छ । यस अभियानमा सरकारलाई आर्थिक सहयोगको लागि बलिउडका कलाकारहरु अघि सरेका छन् ।सहयोग गर्ने कलाकारहरुको सूचीमा बलिउडका स्थापित अभिनेता अक्षय कुमार, सलमान खान देखि नयाँ पुस्ताका अभिनेता कार्तिक आर्यन र साराअली खानको नाम आएको छ ।

नयाँ पुस्ताका चर्चित अभिनेता कार्तिक आर्यनले भारत सरकार राहत कोषमा १ करोड रुपैयाँ दिएको बताएका छन । कार्तिकले सामाजिक सञ्जालमा यसबारे लेखेका छन ‘मैले जे जति कमाएको छु र अहिले जुन स्थानमा छु, त्यो भारतीय जनताका कारण छु । तसर्थ म प्रधानमन्त्री राहत कोषमा हामी सबैका लागि १ करोड रुपैयाँ दिदैछु । म सम्पूर्ण भारतीय नागरिकलाई सहयोगका लागि अगाडि बढ्न अनुरोध गर्छु ।

अभिनेत्री साराअली खानले पनि प्रधानमन्त्री तथा महाराष्ट्रका मुख्यमन्त्री कोषमा आर्थिक सहयोग गरेकी छिन । यसको जानकारी सारा स्वयम्ले सामाजिक सञ्जालमार्फत दिएकी छिन् । तर उनले कति रुपैयाँ दान दिएकी छिन भन्ने खुलासा भने गरेकी छैनन् । साराले आर्थिक सहयोग गर्ने पोष्ट गरेसँगै सामाजिक सञ्जालमा उनको कामको प्रशंशा भइरहेको छ ।

फिल्म उरीः द सर्जिकल स्ट्राइकबाट राष्ट्रिय पुरस्कार विजेता विक्की कौसलले प्रधानमन्त्री कोष तथा महाराष्ट्र मुख्यमन्त्री राहत कोषका लागि १ करोड दान दिने घोषणा गरेका छन ।भारतकी दिग्गज गायिका लता मंगेशकरले २५ लाख रुयैयाँ आर्थिक सहयोग गरिसकेकी छिन । अभिनेता सलमान खानले भारतीय मनोरञ्जन क्षेत्रमा काम गर्ने कलाकारहरुमध्य आर्थिक स्थिति कमजोर भएका २५ हजार कर्मचारीको रोजीरोटीको

जिम्मेवारी लिएका छन् । अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ दिएका छन् भने भारत सरकारको कोभिड १९ विरुद्धको अभियानमा सहयोग गर्ने बताएका छन ।यस्तै अभिनेता वरुण धवनले प्रधानमन्त्री कोष तथा महाराष्ट्र मुख्यमन्त्री राहत कोषका लागि ५० लाख रुपैया दान गर्ने घोषणा गरीसकेका छन । गायक गुरु रन्धावा, रणदिप हुड्डा, शिल्पा शेट्टी, अनुष्का शर्मा, ¥यापर बादशाह पनि आर्थिक सहयोगका लागि तयार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *