गत चैत्र ४ गते कतारबाट काठमाडौं आएकामध्ये ३ जनामा कोभिड १९ को सं,क्र,मण भेटिएपछि प्रहरीले उनीहरुसँगै आएका अन्यको खोजी अझ बढी ती,,व्र पारेको छ । हाल सं,क्र,म,ण पुष्टि भएर आइसोलेसनमा राखेर उ,प,चार गरिएका ३ जना गएको चैत्र ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका थिए ।
एकै विमानमा आएकाहरुमा संक्रमण देखिन थालेपछि सरकारले उनीहरुसँगै आएकाहरुलाई सम्पर्कमा आउन आग्रह गरेको थियो । त्यसरी आग्रह गर्दापनि सम्पर्कमा नआएकाहरुलाई प्रहरीले प,क्रा,उ गर्ने तयारी गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।
प्रहरीले दिएको जानकारी अनुसार कतार एयरलाइन्सबाट आएका १ सय ५८ जनामध्ये अहिले १ सय ४० मात्र सम्पर्कमा छन् भने अन्य सम्पर्कमा आएका छैनन् । भारतको दिल्लीबाट आएको भिस्टरा एयरको जहाजमा आएका १ सय ३० मध्ये ५१ जना सम्पर्कमा छैनन् ।
यस्तै युएईको सारजहाबाट आएको एयर अरेवियाको जहाजमा आएका १ सय ७० मध्ये १ सय ३१ जना मात्र सम्पर्कमा आएका छन । सम्पर्कमा नआएका ३९ जनाको खोजी भइरहेको प्रवक्ता जोशीले लोकान्तरलाई बताए ।