चीनको सिको गर्दै नेपाल, लकडाउनको नि’गरानी गर्न नेपालमा पनि ड्रो’नको प्रयोग

बिबिसी , नेपाल प्रहरीले काठमान्डौ उपत्यकाभित्र ल’कडाउनको बेला मानिसहरूको आवतजावतको नि’गरानी गर्न ड्रोनको प्रयोग गरेको बताएको छ। को’रोनाभाइरस सङ्क्रमण रो’क्नका लागि गरिएको ल’कडाउनका बेला चारवटा ड्रोनका माध्यमबाट प्रहरीले उपत्यका विभिन्न १५ स्थानहरूको गतिविधि अ’नुगमन गरिरहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले बताएका छन ।”अहिलेको विषम परिस्थितिमा सबै स्थानमा प्रहरी आफैँ पुगेर अनुगमन गर्ने अवस्था छैन तर ड्’रोनको माध्यमबाट हामीले सम्भव भएका स्थानहरूको यथास्थिति बुझिरहेका छौँ,” प्रवक्ता जोशीले बताए।

ड्रोनको प्रयोगमार्फत् सर्वसाधारणको भि’ड तथा गाडीको आ’वतजावत अनुगमन गरि त्यसलाई नियन्त्रण गर्न निकै सहज भएको उनी बताउँछन्। को’रोनाभाइरस सङ्क्रमण फै’लनबाट रो’क्नका लागि नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी चैत्र ११ देखि २५ सम्मका लागि ‘ल’कडाउन’ गर्ने आ’देश जारी गरेको छ। ड्यु’टीमा ख’टिएका प्रहरी आफैँ पनि कत्तिको सजग भएर काम गरिरहेका छन् र उनीहरूको अवस्था कस्तो छ भनी थाहा पाउन पनि ड्रो’नले सहयोग गरिरहेको उनी बताउँछन्।

बल्खु, बानेश्वर, चावहिल, चक्रपथ, गौशाला, ग्वार्को, कलंकी, कालिमाटी, लगनखेल, मैतिदेवी, नयाँ बसपार्क, रत्नपार्क, सातदोबाटो, थापाथली र त्रिपुरेश्वरमा ड्रो’न परिचालन गरिएको छ।” ड्रो’नको प्रयोगबाट विभिन्न स्थानहरूको यथास्थिति हेर्न सकिने भएकाले प्रहरी सबै ठाउँमा आफैँ पुग्न परेन। जसले अहिलेको परिस्थितिमा सामाजिक दूरी कायम गर्न पनि सहयोग पुर्‍याइरहेको छ,” प्रवक्ता जोशी बताउँछन्। को’रोनाभाइरस सङ्क्रमण फै’लनबाट रो’क्न विश्वका विभिन्न देशले ‘ल’कडाउन’ गरेका छन्। चीन, अमेरिका, स्पेन, फ्रान्ससहित कैयन् देशले ती ल’कडाउनको अवस्था नि’गरानी गर्न ड्रो’नको प्रयोग गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *