नाकामा पी,डा- ‘नेपाल प्रहरी भारत फर्क भन्छ, भारतीयले नेपालीलाई पि,टे,रै ल,खे,ट्छ’

सुर्खेत, २१ चैत्र । ‘चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ नै । खाना न,पा,एर भो,क भो,कै सडकमा बस्नु परेको छ । के हामी सीमा क्षेत्रमा दुवै देशका प्रहरीको दुव्र्यवहार खेपेर बस्नुपर्ने हो ?’ जमुनाह नाका नेपालगञ्जबाट सिञ्जा गाउँपालिका- ५ जुम्लाका जनक शाहीले दुखेसो व्यक्त गरे ।उनका अनुसार भारतका विभिन्न प्रान्तबाट काम गरेर फर्किएका मध्यपश्चिम नेपालका १५ जिल्लाका १७२ नेपाली बाँके जमुनाह नाकामा चार दिनदेखि अ,ल,प,त्र छन् । अलपत्र नेपालीको भिडियो, फोटो खिच्न धेरै पत्रकार र प्रशासनका मान्छे आएपनि आफूहरुको उद्धार नभएको पीडित शाहीले बताए ।

उनले भने, ‘त्यहाँ न नेपालको प्रहरीले नेपाल पस्न दिन्छ नत भारतीय प्रहरीले फर्कन । न खान पाएका छौ नत पानी पिउन नै । यस्तो हालत सामाजिक सञ्जाल, मिडियामा आएको र प्रहरी प्रशासनले थाहा पाउँदा पनि किन हामीमाथि वेवास्ता ? सं,क,ट,मा अरु देशले आफ्ना नागरिकहरु उद्धार गरिरहेको बेला हाम्रो सं,क,ट किन बुझ्दैन सरकार ?’

उनका अनुसार जमुनाह नाकामा हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, अर्घाखाँचीलगायत १५ जिल्लाका नागरिकहरु फसेका छन् । नेपाल सरकारले चैत्र १८ गतेसम्म घोषणा गरेको लकडाउन खुल्ला र मातृभूमि पुगौंला भनेर राखेको आशा लकडाउन थपिएपछि निराशामा परिणत भएको पीडित शाहीले बताउनुभयो ।

‘नेपाल प्रहरी भारत फर्क भन्छ, भारतीयले नेपालीलाई पि,टे,रै ल,खे,ट्छ, । दैनिक अपमान खेपिरहनु परेको छ,’ हिमा गाउँपालिका ५ जुम्लाका बलबीर रोकायाले भने । सरकारले बरु चाँडो नेपालमा लिएर आफूहरुलाई क्वारेन्टाइनमा राखिदिनुपर्ने उनकाे अनुराेध छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लकडाउनको समयमा दुवै देशले जहाँबाट नागरिक आएको त्यही देशले व्यवस्था गर्ने नेपाल र भारत सरकारले सहमति गरेको निर्णय अनुसार व्यवस्थापनको काम भइरहेको बताए ।

प्रजिअ खड्काले भने, ‘सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतले लिएर क्वारेन्टाइनमा राख्न सहमत भएको छ तर उनीहरुले मानेका छैनन् । भारतमा गएर क्वारेन्टाईनमा बस्न हामीले धेरै प्रयास ग¥यौँ तर मान्नु भएन । खानपीनको त्यस्तो समस्या छैन ।’नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणाले अन्तरराष्ट्रिय सीमा नाका भएकोले यो समस्याको समाधान गर्ने कुरा स्थानीय सरकारको वशमा नरहेको बताए । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *