कोरोना सं,क्र,मि,त सातौँ बिरामी देखिएकोबारे पुष्टि भएकोे छैन : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ – गण्डकी प्रदेशको कास्कीमा कोरोना स,ङ्क्र,मि,त नयाँ बिरामी देखिएको हल्ला चले पनि सरकाले भने पुष्टि गरेको छैन ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म सातौँ सङ्क्रमित भेटिएकाबारे कुनै पनि जानकारी नआएको उज्यालोलाई बताउनुभयो ।

उहाँले केहीबेर अघि गण्डकी प्रदेशमा सम्पर्क गरेको तर कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको बारे आफूलाई कुनै पनि जानकारी नआएको पनि बताउनुभयो ।उहाँले यस्तो विषयमा सरकारले पुष्टि गरेको कुरालाई मात्र विश्वास गर्न र पुष्टि भएपछि मात्र खबर दिन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ

यो पनि धेरै दिनसम्म मोटरसाइकल थन्क्याउनु भएको छ भने अब स्टार्ट गरिहाल्नुहोस् !

सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन देशभर लकडाउन गरेको छ । साना ठूला कुनै पनि गाडी चलेका छैनन् । चलाउनैपर्ने गाडी पनि उच्च सतर्कताका साथ चलाउन भनिएको छ । मोटरसाइकल पनि थन्किएर बसेका छन् ।

देशभर अहिलेसम्म ३५ लाख ३९ हजार ५ सय १९ वटा सवारी दर्ता भएका छन् । यसमा सबैभन्दा धेरै मोटरसाइकलको संख्या २५ लाखभन्दा बढी छ । यातायात व्यवस्था विभागमा आर्थिक वर्ष २०७५/७६ को फागुन मसान्तसम्म देशभर २५ लाख ३० हजार ७ सय २२ वटा मोटरसाइकल दर्ता भएका छन् । तर लकडाउनले गर्दा यतिबेला यीमध्ये धेरै मोटरसाइकल पनि थन्किएर बसेका छन् ।

लामो समयसम्म मोटरसाइकल नचलाउँदा इन्जिन लगायत अरु पार्टपूर्जामा खराबी आउन सक्छ ।

थन्किएका मोटरसाइकल​ तथा स्कुटर यसरी सुरक्षित राख्न सकिन्छ :बेलाबेलामा स्टार्ट गर्नेलामो समयसम्म मोटरसाइकल वा स्कुटर पार्किङ गरेर राख्दा ब्याट्री डाउन हुनसक्ने सम्भावना हुन्छ । त्यसैले दुई–तीन दिनको फरकमा ५/६ मिनेटसम्म स्टार्ट गरेर छोड्नुपर्छ । जसले गर्दा ब्याट्री चार्ज हुनमा मद्दत पुग्छ । यस्तै धेरैपछि एकैपटक स्टार्ट गर्न खोज्दा इन्जिनमा समस्या आउन सक्छ । मोटरसाइकल वा स्कुटरको इन्जिन विग्रिएमा यसलाई बनाउन खर्च पनि धेरै लाग्छ ।

पानी पर्ने ठाउँमा नराख्ने आफ्नो मोटरसाइकल वा स्कुटर पानीले भिज्ने ठाउँमा राख्न हुँदैन । पानी परिहाल्यो भने पनि राम्रोसँग पुछ्नुपर्छ । पानी पर्यो भने मोटरसाइकलको विभिन्न भागमा खिया लाग्न सक्छ । घामपानी हुँदा मोटरसाईकल तथा स्कुटरको रंग खुइलिने समस्या पनि हुन्छ । त्यसैले घाम, पानी र धुलोबाट जोगाउन खुला नराखीछोपेर राख्न जरुरी छ ।

सफा गर्ने मोटरसाइकल सुरक्षित ठाँउमा राखेको भए पनि बेलाबेलामा यसका पार्टसहरु सफा गरिरहन पर्छ । मोटरसाइकलमा थुप्रै पार्टस प्रयोग भएका हुन्छन् जसले मोटरसाइकल गुड्न उत्तिकै सघाउँछन् । त्यसैले सबै पार्टसको सरसफाई हेरविचार गर्नुपर्छ । तर लामो समय मोटरसाइकल थन्काएर राख्दा समयमा ल्यूव नगर्ने, सफा नगर्ने गर्दा मोटरसाइकलको चेनस्पोर्केट र ह्याण्डलबारमा भने समस्या नै आउन सक्छ । यसलाई समय समयमा जाँच गर्ने, सफा गर्ने गरेको खण्डमा केही बचाउ गर्न सकिन्छ ।

टायरमा ध्यान दिने मोटरसाइकल वा स्कुटर पार्क गरेको ठाउँमा किला–काँटी वा टायरभित्र पस्न सक्ने कुनै वस्तु भए/नभएको ख्याल गर्नुपर्छ । टायर पन्चर हुनबाट जोगाउन सकियो भने अत्यावश्यक परेको खण्डमा हामी यसलाई सजिलै प्रयोग गर्न सक्छौं । टायर पन्चर भईरहेको रहेछ भने पनि यसलाई बनाउने जुक्ति गरिहाल्नुपर्छ, नत्र पछि आफैंलाई वर्कसपसम्म लान पनि समस्या हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *