८८ जना काली त’रेर नेपाल आए, अझै रो’किएन आउने क्रम

प्रकाश चन्द्र भट्ट, दार्चुला ।आफ्नो देशको प्र’वेशद्धारमा ताला लागेपछि नेपालीहरु महाकाली तर्दै ध’माधम नेपाल प्र’वेश गर्दैछन् । कामको शिलशिलामा भारतका विभिन्न स्थानमा ज्या’लामजदुरी गर्दै आइरहेका नेपालीहरु बै’धानिक रुपमा झोलुंगे पूल भएर नेपाल प्रवेश गर्न नपाएपछि ज्यानको बा’जी लगाएर महाकालीबाट प्रवेश गरिरहेका हुन् ।शनिवार देखी भारतको धा’रचुलामा रहेका बैतडी डिलाशैनी गाउँपालिका‐१ कोटपेटराका ४८ वर्षिय इन्द्र राज खत्री सोमबार पौडिदै नेपाल पुगे, त्यसको केही छिनपछि सोही ठाउँका २२ वर्षीय धनबहादुर धामी र दार्चुलाको मार्मा गाउँपालिका‐३ का रमेश बिष्ट महाकालीमा पौ’डिदै नेपाल प्र’वेश गरे ।

मंगलवार राती मात्रै व्याँस क्षेत्रबाट २० जनाले महाकाली त’रे, यो क्रम यत्तिकैमा रोकिएन् । सयौको संख्यामा रहेका नेपालीहरु भारततर्फ अ’लपत्र परेपछि नेपाल छिर्ने एक मात्र विकल्प (महाकाली नदि) ज्यान जो’खीममा राखेर ध’माधम पौडिदै नेपाल आउन थाले ।विहीवार बेलुकी सम्म महाकाली तर्दै ३९ जनाले प्र’वेश गरेका छन् भने् ३० जना ट्यु’व मार्फत नेपाल पुगेका छन् । उनीहरु दिनको समयमा भन्दा रातको समयमा नदि पार गरिरहेका छन् । भारतको पि’थौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा नेपालीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेपनि उनीहरु त्यहाँबाट भाग्दै नेपाल प्र’वेश गरिरहेका छन् ।

अहिले भारतको धा’रचुलामा नौ सय भन्दा बढि नेपालीलाई क्वा’रेन्टाइनमा व्यवस्थापन गरिएको छ ।उमेरमा युवा जाँगर भएका अर्थात पौ’डिन सक्नेले महाकाली तर्दै प्र’वेश गरिरहेका छन् भने नसक्नेले भारतका क्वा’रेन्टाइनमा कोचिदै रात क’टाइरहेका छन् ।पौडीन सक्नेले महाकालीमा हाम फालेर दिनँहु नेपाल गइरहेका छन् बझाङ कपलसेराका देबेन्द्र कामीले भने, ‘महाकालीमा पौ’डीन नसक्ने सयौँ नेपालीहरु हामी अहिले पनि भारतले राखेको क्वारेन्टाइनमा को’चिएर बसेका छौ।’ भारतको विभिन्न ठाउँहरुमा लामो समय देखी मजदुरी गरिरहेका दार्चुला, बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, जाजरकोट, बाके र बर्दियाका मानिसहरु दार्चुलाको ना’का भएर दैनिक नेपाल भि’त्रिरहेका छन् ।

को’रोना संक्रमण रो’कथामका लागि नेपाल भारतले गरेको ल’कडाउनका कारण उनीहरु घर फर्किदा बिच बाटोमै अ’लपत्र परेका हुन् । सबैजसो सवारीका साधन ब’न्द भएपछि पैदल हिडेरै दार्चुलाको ना’कामा पुगेका उनीहरुलाई पुल मार्फत प्र’वेश नदिए संगै कोही महाकाली नदिमा पौ’डेर नेपाल प्र’वेश गरिरहेका छन, भने कसैलाई भारतिय नागरिकले ट्यु’ब मार्फत नेपाल पुर्याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *