पोखरामा फेरी ६ बर्षे बालकमाथी कोरोनाको आशंका, मणिपाल अस्तालले फर्कायो, गण्डकीले भर्ना लिन मानेन

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

रुघाखोकी लागे र ज्वरो आए सकेसम्म घरमै सुरक्षित तरिकाले बस्न डाक्टरले आग्रह गरेका छन् । अहिले मौसमी फ्लु पनि लाग्ने बेला भएकाले सबै रुघाखोकी कोरोना भाइरस नहुने डाक्टरले बताएका छन् ।यसै क्रममा ताराखोला गाउँपालिका वडा नं. १ बाग्लुङ का एक बालकले यहि शंकाका भरमा चिसो रातको अधिकांस समय पोखराको खुला आकास मुनि बिताए । उनका आफन्तका अनुसार उनी ६ दिनदेखी बिरामी छन् । गल्कोटको एक अस्पतालले उनलाई थप उपचारका लागि पोखरा रिफर गरिदियो । १० हजार खर्च गरेर उनिहरु रातारात पोखरा आए ।

५ बजे मनिपाल पुगेका उनलाई भर्ना गरेको आधा घण्टापछि हस्पिटलले निकालि दियो । सामान्य चेकजाँच पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईयो, यो सवैका पछाडी कोरानाका अन्धभक्तको पराकाष्ठा स्पष्ट देखिन्छ । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीबाट पनि पाँच मिनेट नबित्दै निकालियो । त्यसपछि आधारात उनिहरुले चौतारोमा बिताए । एक प्रहरीको सहायतामा राति १२ बजेपछि मात्र उनलाई हस्पिटलको एक कुनामा राखियो । फेरि उज्यालो नहुदै उनलाई फेरि निकालियो । भिडियोमा तल हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *