यस्तो दु:खदका साथ अमेरिकामा दुई नेपालीको निधन

अमेरिका- अमेरिकाको न्यूयोर्कमा दुई नेपालीकोनिधन भएको छ। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको निधन भएको स्थानीय मिङमार लामाले जानकारी बताए। नागरिक दैनिकमा यो खबर छ ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए। उनको आफ्नै कोठा भित्रै निधन भएको जनाइएको छ। ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए। फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृ-त अवस्थामा भेटिएका बताइएको छ। उनको निधन कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ। उनको श-व प्रहरीले लगेर गएको छ। उनका आफन्तहरु अमेरिकामा छैनन्। त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा निधन भएको हो। थप विवरण आउन बाँकी रहेको छ। अमेरिकाका लागि राजदूत डा अर्जून कार्कीले घटनाको पुष्टि गरे पनि पूर्ण विवरण आफुलाई आउन बाँकी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *