अब नेपालमा अमेरिकामा गरिए जस्तै यसरी हुन्छ कोरोना परीक्षण [भिडियोसहित]

काठमाडौ । अब नेपालमापनि अमेरिका, इटली, स्पेन जस्ता देशहरुमा गरेजस्तै र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएको छ । सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न टोली पठाएको हो । कैलालीमा स्थानीय संक्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको निर्णय अनुसार सम्बन्धित निकायले तीन जिल्लामा र्‍यापिड टेष्ट गर्न टोली खटाएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ । कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण हुनेछ । यस्तै बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण हुनेछ ।

साथ चैत महिनामा आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा. देवकोटाले बताए । ‘यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र कोभिड–१९ संक्रमणको शंका लागेका व्यक्तिहरुको परीक्षण गरिनेछ,’ उनले भने । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट टोली पठाउन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *