२३ चैत्र २०७६, आईतवार काठमान्डौ , सरकारले तीन हप्ताअघि विदेशबाट फर्किएका र कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आएकाहरूलाई भए दुई हप्ता घरमै बस्न अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले आइतबार सूचना जारी गर्दै यस्ता व्यक्तिहरूले परिवारका अन्य सदस्यहरूसँग पनि दूरी कायम राख्न सुझाव दिएको छ। सुचनामा अरु व्यक्ति बाट कम्तिमा १ मिटरको दुरी कायम गर्न समेत भनिएको छ ।त्यस्तै ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भए स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि सरकारले अनुरोध गरेको छ।
‘गएको तीन हप्ताभित्र यदि तपाईं विदेशबाट फर्केको व्यक्तिसँग सम्पर्कमा आउनुभएको छ वा कोरोना भाइरस लागेका व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने अबको दुई हप्तासम्म घरमै बसिदिन अनुरोध छ,’ सूचनामा उल्लेख छ। पछिल्लो समय खाडी, युरोप र भारतबाट आएका नेपालीहरूमा कोरोनाको संक्रमण देखिन थालेको छ।