अमेरिकामा कोरोनाभाइरसले मृ,त्यु भएको भनिएका नेपालीको भोलिपल्ट मुटु चलेपछि…

काठमाडौं। अमेरिकामा कोरोनाभाइरसका कारण मृ,,त्यु भएको भनिएका एक नेपाली जी,वि,तै रहेको पाइएको छ । अमेरिकामा बसोवास गर्दै आएका नेपाली ङिमा तेम्बा शेर्पालाई भर्ना गरिएको अस्पतालले शनिबार उनका परिवारलाई उनको मृ,,त्यु भएको खबर दिएको उनका दाजु ल्हाक्पा युला शेर्पाले फेसबुकमार्फत बताएका छन् ।

दाजु ल्हाक्पाका अनुसार अस्पतालले उनको मृत्युको खबर दिएपछि परम्पराअनुसार उनको नाममा पुजापाठ समेत गरिएको थियो । अस्पतालले दिएको सूचनाका आधारमा परिवारले आफन्त र इष्टमित्रलाई ङिमाको मृत्यु भएको जानकारी दिएपछि विभिन्न किसिमले उनीप्रति श्रद्धाञ्जली दिने क्रम समेत सुरु भएको थियो । तर, अचानक उनी जीवितै रहेको खबर प्राप्त भएको दाजु ल्हाक्पाले एउटा फेसबुक पोस्टमार्फत बताएका छन् ।

सम्पूर्ण नातागोता, आफन्तजन तथा शुभ चिन्तकहरुमा टशी देलेग!हाम्रो भाई ङिमा तेम्बा शेर्पाको सन्बन्धमा हिजो अस्पातलबाट…

Posted by Lakpa Youla Sherpa on 2020 m. balandžio 5 d., sekmadienis

दाजु ल्हाक्पाले पोस्टमा उल्लेख गरे अनुसार आइतबार बिहान फेरि उनको परिवारले अस्पतालमा म्पर्क गरेको थियो । अस्पतालमा सम्पर्क गर्दा आइतबार बिहान अस्पतालले उनको मुटु चलिरहेको जानकारी दिएको ल्हाक्पाले उल्लेख गरेका छन् । उनले आफूहरुले नै दिएको सूचनाका आधारमा आफन्त र इष्टमित्रले श्रद्धाञ्जली दिएको हुँदा परिवारले यसलाई अन्यथा नलिने समेत उल्लेख गरेका छन् । पछिल्लो समय कोरोनाभाइरसको प्रकोपका कारण अस्पतालमा जो कोहीले प्रवेश नपाउने र अस्पतालले दिएको सूचनामै भर पर्नुपर्ने भएकोले यस्तो हुन गएको भन्दै उनले गलत सूचनाका कारण सृजना हुन गएको असहज परिस्थितिप्रति क्षमायाचना समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *