रुस : ‘ठूलाे स्वरले हल्ला’ गरेकाे भन्दै पाँच जनाकाे गाे,ली हानी ह,त्या

काठमाण्डाै – रुसमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरबाहिरकाे सडकमा बसेर ‘ठूलाे स्वरले ह,ल्ला’ गरेको निहुँमा पाँच जनाकाे गो,,ली हा,ने,र ह,,त्या गरेका छन् ।अधिकारीहरुका अनुसार कोरोना भाइरस (काेभिड १९) का कारण स्थानीयवासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउकाे सडकमा बसेर ठूलाे स्वरले ह,ल्ला गरिरहेका थिए ।

ज्या,,न गुमाएकाहरुमा चार जना पुरुष र एक जना महिला छन् । यो घ,ट,ना शनिबार राति १० बजेतिर भएको थियो ।राजधानी मस्कोबाट दक्षिण–पूर्व झण्डै दुई सय किलोमिटर टाढाको र्‍याजन क्षेत्रकाे यलात्मा गाउँमा याे घ,ट,ना भएको अधिकारीहरुले बताएका छन् । प्रहरीले गो,,ली च,ला,उ,ने व्यक्तिलाई एक था,न रा,इ,फ,ल सहित गि,र,फ्ता,र गरेको छ ।

यो पनि ‘परदेशीलाई आफ्नै समाजले कोरोना बनायो’

म अहिले यूएईको अबुधाबी ईमिरेट्स अन्तर्गत अल ऐन भन्ने ठाउँमा छु । म यहाँ बस्दिनँ, यो देशमा काम गर्दिनँ भनेर स्वतन्त्र हिसाबले बस्न थालेको पनि १९ दिन भैसक्यो । म घर फर्कन चाहेर कानुनी रुपमा स्वतन्त्र भइसकेको मान्छेले पनि घर फर्कन पाइनँ । कस्तो बाध्यता भनौं या परिस्थिती ।आजसम्म केही भएको छैन, आराम छु । यदि केही भइहाल्यो भने मलाई झन पछुतो हुनेछ । म आफ्नो देश फर्कन चाहँदाचाहँदै पनि फर्कन नपाउँदा मलाई केही भयो भने मेरो जन्म देशको संयन्त्रलाई पाप लाग्ने छ । जस्तो भए पनि म मेरै देशमा रोगसँग लड्न चाहन्थें । तर मलाई यहाँ बस्नुपर्ने बाध्यता छ ।

म पञ्छीजस्तो स्वतन्त्र हुन चाहेर सबै कुरो त्यागेर आउन खोज्दा पनि नपाउने किन होला  मेरै गाउँघर, पाखापखेरामा मरे पनि बाँचे पनि मेरै देश, मेरै आफन्त र मेरै माटोमा मर्न चाहन्थेँ । तर परदेशमा मानसिक र शारीरिक तनाव एक्लोपन हरेक कुरोले सताएको छ ।म यो देशमाभन्दा मेरै भिरपाखोको हावापानीमा बढी सुरक्षित हुन्थें । मेरो रोगसँग लड्ने क्षमता र मानसिक रुपमा स्वस्थ पनि म मेरै देशमा हुन्थें जस्तो लाग्छ ।हो पनि, अरुको लाख भन्दा त आफ्नाको काख नै प्यारो हुन्छ नि । कोरोनालाई त मेरो देशमा थिएँ भने आत्मबलले नै जित्थें जस्तो लाग्छ । तर के गर्नु परदेशमा निरीह भएर बाँच्न परेको छ ।

यहाँ जोखिम बढी छ । मेरो देश, मेरो माटो, मेरो हिमाल, मेरो जननी, मेरा आफन्त, शुभचिन्तक र जन्मभूमीलाई धेरै सम्झिरहेको छु ।विदेश बस्ने हरेक नागरिकलाई अहिले कोरोनाको पोको भन्ने ठान्छन् समाजले । के हामी कोरोना हो र ?हामीले कमाउँदा सबैको प्यारो । आज दुःखमा चाहिँ कोरोना ? कस्तो सोच ? हरेक देशले आफ्ना नागरिक विमान चार्टर गरी गरी लगेका छन् । तर हामी त टिकट काटेर फर्कन्छु देशले जारी गरेका नियम मान्छु भन्दा पनि एक्लै बस्न परेको छ ।

भिसा सकिएर बिरानो देशमा पिञ्जडामा झैं थुनिएकाहरु कहिले फर्कन पाउँछन् सरकार ? न खानाको टुङ्गो, न बस्नको टु,ङ्गो । यसरी कतिन्जेल बाचौंला र । कोरोना लागेर मरे पनि खान नपाएर अरु रोगले मरे पनि मृत्युको मूल्य उही होइन र  विदेशीलाई रोके पनि आफ्नो देशको अर्थतन्त्र धान्नेलाई त माया गर । विदेश बस्नेलाई किन कोरोना भाइरस नै भन्ने ठानेको ? किन हाम्रो गुन नेपाली समाज र सरकारले बिर्सिएको भारतको नाका ब,,न्द ग,,र्नु, चीनको नाका ब,,न्द ग,र्नु, बिमानस्थलमा चेक राम्रोसँग गर्नु, हामीलाई सेल्फ क्वारेण्टीनमा राख्नु, हामी मान्छौंं नि नियम । मेरो आफन्त अरु देशले चा,र्टर गरेर आफ्ना नागरिक लगेको जहाज हेर्दै मेरो बाटो कु,रिरहेका छन् । रोइरहेका छन् । हामी यहाँ कोरोनाको जोखिमसँगै मानसिक यातना सहेर बसिरहेका छौं । हामी हाम्रो देश कहिले फर्कन पाउँछौं सरकार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *